संघीय महासभा सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण र सम्मान कार्यक्रम सम्पन्न ।

0
1699

संघीय महासभा सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण र सम्मान कार्यक्रम सम्पन्न ।
**********************************************************
राष्ट्रिय जनमुक्ति पार्टी, मगराँत राज्य परिषदले पार्टीद्वारा प्रस्तावित मगराँत प्रदेशमा रहनु हुने संघीय महासभा सदस्यज्यूहरुको भेला मिति २०७२ साउन ३ गते तनहुँको खैरेनीटारमा सम्पन्न गरेको छ । सो भेलामा पार्टीका वरिष्ठ उपाध्यक्ष तथा संघीय महासभा ईन्चार्ज यम बहादुर बुढाथोकीले संघीय महासभा सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्नु भएको छ । यसरी नै सम्बन्धित राज्य परिषदको आयोजनामा पार्टीद्वारा प्रस्तावित अन्य राज्य/प्रदेशमा पनि संघीय महासभा सदस्यज्यूहरुलाई प्रमाण पत्र हस्तान्तरण एवं सम्मान कार्यक्रम राखिएको छ । पार्टीले तनहूँ जिल्लाको खैरेनीटारदेखि यो कार्यक्रम प्रारम्भ गरेको छ ।