स्वर्गीय बल बहादुर थक्लुङ्ग लिम्बु प्रति हार्दिक श्रद्धान्जली

0
3407

राजधानी स्थित ग्राण्डी अस्पतालमा उपाचाररत हाम्रा संघीय महासभा अध्यक्ष मण्डलका सदस्य श्री बल बहादुर थक्लुङ्ग लिम्बु अब हामी माग रहनु भएन । यही मिति २०७४ असोज १९ गतेका दिन उहाँको निधन भएको छ ।
उहाँको निधनले पार्टी पङ्क्तिलाई स्तब्ध बनाउनुका साथै पार्टीलाई मर्माहत बनाएको छ । उहाँको निधन पार्टीका लागि अपुरणीय क्षति भएको पार्टीले बताएको छ । यस दुःखद घडीमा मृतक श्री बल बहादुर थक्लुङ्ग लिम्बु प्रति पार्टीले भावपूर्ण श्रद्धान्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजन र सबै पार्टी पङ्क्तिमा हार्दिक समवेदना व्यक्त गरेको छ ।
यसैबीच उहाँको गृह जिल्ला सुनसरीमा पार्टीले उहाँको पार्थिव शरीरलाई पार्टी झण्डा ओढाएर सम्मान गर्नुका साथै प्रदेश नं. १ का ब्यूरो इन्चार्ज तथा पार्टी उपाध्यक्ष चन्द्र खापुङ्हाङ्गको नेतृत्वमा उहाँप्रति श्रद्धान्जली व्यक्त गरिएको छ ।