प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन सुनिश्चित गर्न जोडदार माग

0
2790

अबको ५ दिन पछि समानुपातिक तर्फको मनोनयन दर्ता हुने गरी मूलुकमा प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन अगाडि बढी सकेको अवस्थामा हालको सरकार काम चलाउ भएको प्रति राष्ट्रिय जनमुक्ति पार्टीले सम्बन्धित सबैको ध्यानाकर्षण गरेको छ । मूलुकको समसामयिक राजनीतिक सन्दर्भमा प्रेष विज्ञप्ति जाहेर गर्दै वर्तमान परिस्थितिमा कथित बहुमतीय सरकार बनाउने खेलमा मूलुकलाई नलैजान पार्टीले सचेत गरेको छ ।

पार्टी अध्यक्ष केपी पालुङ्वाद्वारा हस्ताक्षरित विज्ञप्ति जाहेर गर्दै पार्टीले भनेको छ – ‘घोषित आसन्न निर्वाचनलाई थप सुनिश्चित् र विश्वसनीय बनाउन काम चलाउ अवस्थामा आईसकेको जम्बो मन्त्री मण्डललाई अविलम्ब खारेज गरियोस् ।’ साथै बढीमा ७ सदस्यीय चुनावी सरकारको घोषणा गर्न पार्टीले जोडदार माग गरेको छ ।