बलात्कार जघन्य अपराध : राष्ट्रिय महिला मोर्चा

"बलात्कारको घट्ना सम्बन्धमा हद म्यादको कानूनी व्यवस्था राखिनु हुँदैन"

0
1171

राष्ट्रिय महिला मोर्चाले मूलुकमा सामाजिक एवं मानवीय विकृति, जघन्य अपराधको रुपमा मौलाएको बलात्कारको घट्ना र यसले समाजमा बढाएको असुरक्षा, बलात्कारका घट्ना सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बलात्कारका दोषीलाई कारवाहीको लागि हद म्याद हुनु पर्ने र हद म्याद हुनु हुँदैन भन्ने बहस बारे राष्ट्रिय महिला मोर्चा, केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको हो ।
आज एक प्रेष विज्ञप्ति जारी गर्दै मोर्चाले भनेको छ – “बलात्कार जस्तो घट्ना एउटा निश्चित समय सिमाभित्र छिनोफानो हुन सम्भव छैन र यस्ता घट्नाको छिनोफानोका लागि हदम्यादको कानूनी व्यवस्था राखिएको खण्डमा दोषीले सहजै उम्कन पाउने र पीडितले उचित न्याय पाउन असम्भव देखिन्छ । यसर्थ बलात्कारको घट्ना सम्बन्धमा हद म्यादको कानूनी व्यवस्था राखिनु हुँदैन ।”
राष्ट्रिय महिला मोर्चाका केन्द्रीय अध्यक्ष होमाया गुरुङ्ग र महासचिव धनी आलेद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै बलात्कार/बलात्कारी स्वयम्मा समाजको कलङक र जघन्य अपराध/अपराधी हो भनिएको छ । “यस्ता जघन्य अपराधलाई नेपाली समाजबाट निर्मूल पार्नका लागि राज्यले त्यस्ता अपराधीलाई अविलम्ब कडा कारवाही हुने कानूनी व्यवस्था तत्काल निर्माण गरी लागु गर्नु पर्दछ” – मोर्चाले बताएको छ । साथै यस सम्बन्धमा सरकारले गम्भीरतापूर्वक अविलम्ब निर्णयमा पुगोस् भन्ने माग मोर्चाले राखेको छ ।

विज्ञप्तिको पूर्ण पाठ :