भेरी अस्पतालमा भएको घट्नाको निन्दा

अस्पतालमा स्वास्थ्यकर्मीहरुलाई सहज ढङ्गबाट काम गर्ने वातावरण अविलम्ब बनाईयोस् । दोषीहरुलाई कडा कारवाही हुनु पर्दछ ।

0
1285

नेपालगञ्ज स्थित भेरी अस्पतालको आईसियु कक्षमा कार्यरत स्वास्थ्यकर्मीहरुमाथि ज्यान मार्ने उद्देश्यका साथ भएको साँघातिक हमलाको राष्ट्रिय जनमुक्ति पार्टी, प्रदेश परिचालन समिति (लुम्बिनी – लुथम) ले गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त घट्नाको निन्दा गरेको छ ।

आज जेठ १५ गते एक विज्ञप्ति जारी गर्दै सो घट्ना बारे पार्टीले भनेको छ – ‘नेपालगञ्ज अस्पतालले अहिलेको महामारीमा विरामीहरुको सेवामा निकै जिम्मेवार ढङ्गले सेवा पुरयाउँदै आएको खबरहरु समाचारहरुमा पनि आइरहेकै विषय हुन् । यस्तो अवस्थामा त्यस अस्पतालमा जिम्मेवारी वहन गर्दै आईरहेका सबै कर्मचारीहरु (विशेष गरी स्वास्थ्यकर्मीहरु) को मनोबल उकास्न सबै तहबाट कोशिस गरिनु पर्नेमा उल्टै मानवीय र अस्पतालमा समेत क्षति पुरयाउने गरी घटाईएकोमा पीडितहरुलाई उचित न्याय र दोषीहरुलाई कडा सजायको माग गरेको छ ।
राष्ट्रिय जनमुक्ति पार्टीका प्रदेश अध्यक्ष झम बहादुर गुरुङ्गद्वारा हस्ताक्षरित विज्ञप्तिमा अस्पताल क्षेत्रमा कुनै पनि अशान्ति र अन्यायको वातावरण हटाई सहज वातावरण बनाउन सम्बन्धित सबैको ध्यानाकर्षण समेत गराईएको छ ।

(तस्वीर श्रोत : फेसबुक)