राष्ट्रिय महिला मोर्चाको चौथों महाधिवेशन सम्पन्न

0
2226

m3राष्ट्रिय जनमुक्ति पार्टीको महिला संगठन राष्ट्रिय महिला मोर्चाको चौथों राष्ट्रिय महाधिवेशन (माघ २७–२८) दाङ्ग जिल्लाको तुलसिपुरमा सम्पन्न भयो । महाधिवेशनले चन्दा थापाको (रुपन्देही) नेतृत्वमा आगामी ३ वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मत ढंगबाट चयन गरेको छ, जसमा सह–अध्यक्ष कमला देउजा (दाङ्ग), उपाध्यक्षहरु हरिकला चौलागाई (कैलाली), लिलमाया राना (रुपन्देही) र मधुमालती बुढाथोकि (ललितपुर), महासचिव गीता सारु (रुपन्देही), उपमहासचिव ईन्द्रा दलार्मी (कपिलवस्तु) र सदस्यहरु मीनकुमारी पाटा (रुपन्देही), पम्फा नेपाली (दाङ्ग), दिलु राई (सुनसरी), आनन्द जवेगु (झापा), पूर्णकला थापा (बाँके), प्ुष्पाशाही (बाँके), उर्मिलाकुमारी नेपाली (दाङ्ग), रति बुढा (सल्यान), बुद्धिसरा पुन (रोल्पा) र धर्मी खड्का (कैलाली) रहेका छन् । बाँकि १४ जना सदस्यहरु समावेशी र क्षेत्रिय सन्तुलन मिलाउने गरी कार्यसमितिले मानोनयन गर्नेछ ।m6
राष्ट्रिय महिला मोर्चाको चौथों राष्ट्रिय महाधिवेशनले राज्यका सवै निकायहरुमा ५० प्रतिशत कोटा सुनिश्चित गरिनु पर्ने, उक्त कोटामा सबै जातिका महिलाहरुलाई समानुपातिक प्रतिनिधित्वको व्यवस्था हुनु पर्ने, अल्पसख्यक, पछौटे, सिमान्तकृत समुदायका महिलाहरुको हकमा विशेष कोटा (आरक्षण) को व्यवस्था हुनु पर्ने, महिलाहरुलाई असुरक्षित तवरले मानव तस्करहरुद्धारा विदेश पु¥याउने घृणित खेल m8राज्यद्धारा तत्कालबन्द गराउनु पर्ने तथा महिला हिंसा एवं छाडापन र अश्लिलता नियन्त्रणका लागि राष्ट्रिय महिला मोर्चाले विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । राष्ट्रिय जनमुक्ति पार्टी द्धारा प्रस्तावित दाङ्ग उपत्यकालाई वैकल्पिक राष्ट्रिय राजधानीको रुपमा विकास र विस्तार गर्ने प्रस्ताव सान्र्दभिक भएको, वर्तमान संविधान–२०७२ मा पुनरलेखन अपरिहार्य रहेको निर्णय गर्दै प्रत्येक वर्ष निम्नतम् ५० हजारका दरले मोर्चाको सदस्यता बढाउदै लैजाने समेत कार्ययोजना पारित गरिएको गरेको छ । राष्ट्रिय जनमुक्ति पार्टीकामहासचिव केशव सूर्यवंशी द्धारा उद्घाटनm5

गरेकोचौथों महाधिवेशनको बन्द सत्र पार्टी उपाध्यक्ष मीना पन्धाक(लिम्बु) को अध्यक्ष मण्डलले संचालन गरेको थियो भने महासचिव केशव सूर्यवंशी, सहअध्यक्ष तथा महिलामोर्चा ईन्चार्ज बुद्धश्री लामा र अनुगमन तथा मूल्याङकन समितिका सदस्य सचिव अशोक पुनले विशेष प्रशिक्षण समेत दिनुभएको थियो ।

m2 m4