१२औं राष्ट्रिय भेला रुपन्देहीमा हुने। राष्ट्रिय जनमुक्ति पार्टीले १२औं राष्ट्रिय भेला (१२th...

१२औं राष्ट्रिय भेला रुपन्देहीमा हुने। राष्ट्रिय जनमुक्ति पार्टीले १२औं राष्ट्रिय भेला (१२th National conference) यही असोज २५,२६ र २७( Oct ११,१२,१३) मा रुपन्देहीमा हुने भएको छ।

9
0
SHARE

पार्टी प्रवक्ता, उपमहासचिव चेत बहादुर आले द्वारा जारी प्रेस विज्ञप्ति मार्फत राष्ट्रिय भेला बारे जानकारी गराइएको छ। १२औं राष्ट्रिय भेलाको उदघाटन सभा असाेज २५ गते भैरहवाको महेन्द्र सभागृहमा र बन्दसत्र असाेज २६ र २७ गते कविराज भवन(पार्टी कार्यालय सभाहल) मा हुनेछ। भेलाले राष्ट्रिय राजनीति र पार्टी जीवनबारे महत्त्वपूर्ण निर्णय लिने हुँदा १२ औं राष्ट्रिय भेला अत्यन्त महत्त्वपूर्ण हुने बताईएको छ।