प्रवासमा कृयाशिल पार्टी सदस्यहरुलाई स्वदेश फर्कन आव्हान

0
1781

आसन्न प्रदेश तथा संघीय संदको निर्वाचनलाई ध्यानमा राख्दै राष्ट्रिय जनमुक्ति पार्टीले प्रवासमा जनमुक्ति मञ्चमा वा कुनै न कुनै पदीय जिम्मेवारी लिएर कृयाशिल पार्टी सदयस्यहरुलाई स्वदेश (नेपाल) फर्कन आव्हान गरेको छ । पार्टीले भनेको छ – आगामी मंसिरमा हुन गईरहेको प्रदेश तथा संघीय संसदको निर्वाचन पार्टीलाई शसक्त एवं वैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने चूनौति र अवसर दुवै हो ।
अति महत्वपूर्ण यस घडीमा धेरै भन्दा धेरै नेता कार्यकर्ताहरु जनताको बीचमा पुग्न अत्यन्तै आवश्यक भएकोले पार्टीको तर्फबाट सो जिम्मेवारी पुरा गर्न र पार्टी पक्षमा अधिकतम जनमत संकलन गर्ने उत्साहका साथ प्रवासमा रहनु भएका राष्ट्रिय जनमुक्ति पार्टीका हाम्रा सबै कृयाशिल सदस्यहरु (विशेषतः कुनै न कुनै पदीय जिम्मेवारी वहन गरीरहनु भएका) हरुले उपयुक्त एवं नेतृत्वदायी जिम्मेवारी पुरा गर्ने संकल्प सहित स्वदेश (नेपाल) आउनु हुन जोडदार आग्रह गर्दछौं – प्रवासमा कृयाशिल जनमुक्ति मञ्चलाई आज असोज २७ गते पार्टीले प्रेषित गरेको पत्राचारमा भनिएको छ । यसका लागि सबै प्रवास समिति (जनमुक्ति मञ्च) हरुलाई यथाशिघ्र पहल गर्न पार्टीले विशेष अनुरोध समेत गरेको छ ।
सयौं वर्षदेखि उत्पीडनमा रहेका जाति, समुदाय लगायत सबै न्यायप्रेमी देशवासीहरुको अधिकार स्थापित गर्दै मूलुकको समृद्धिको मार्ग निर्माण गर्ने ऐतिहासिक अभियान प्रतिको दायित्व पुरा गर्न प्रवासमा रहनु हुने जनमुक्तिप्रेमी सबैले समय मिलाएर निश्चय पनि स्वदेश (नेपाल) फर्किनेमा पार्टीले विश्वास प्रकट गरेको छ ।