तिहार पर्वको हार्दिक मंगलमय शुभकामना ।

0
1837

सदा झैं यस वर्ष पनि सबैको घरघरमा प्रारम्भ भईसकेको नेपालीहरुको महान पर्व तिहार (भाईटीका–२०७४) – बलीहाङ्ग तिहार, बलीतङ्नाम तिहार साथै नेपाल सम्वत ११३८ बत्ती पर्व/उज्यालो पर्व अर्थात दीपावली पर्व र म्हः (आत्म) पूजाको रुपमा समेत मनाईने तिहार पर्वको उपलक्ष्यमा सबै नेपालीहरुको हर्ष, उमङ्ग, सुस्वास्थ्य, सुखशान्ति र दीर्घायुका लागि राष्ट्रिय जनमुक्ति पार्टीले हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ । पार्टी सचिव एवं केन्द्रीय कार्यालय ईञ्चार्ज पदम जवेगुले हस्ताक्षर गरी प्रकाशित विज्ञप्ति मार्फत शुभकामना व्यक्त गरिएको छ ।

मिति : २०७४ कार्तिक ३ गते ।