पार्टी नेता, कार्यकर्तालाई राहत तथा उद्धारमा जुट्न आव्हान

0
2954

केही दिन यता देखि भारी वर्षाका कारण भएको वाढी पहिरोले देशका विभिन्न भागमा ठुलो धनजनको क्षति भएकोमा राष्ट्रिय जनमुक्ति पार्टीको गम्भिर ध्यानाकर्षण भएकोछ । प्रभावित क्षेत्रहरुमा गई उद्धार कार्यमा लागि रहेका पार्टीका केन्द्र देखि जिल्ला तह सम्मका नेता तथा कार्यकर्तालाई धन्यवाद दिदै थप प्रभावकारी र संस्थागत रुपमै लाग्नको लागि पार्टी केन्द्रीय कार्यालयको तर्फवाट सम्बन्धित समिति तथा भातृसंगठनहरुलाई निर्देशन गरिएको छ । साथै, पार्टी केन्द्रको तर्फवाट प्रभावित क्षेत्रहरुमा उचित राहतका लागि पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुले सम्बन्धित जिल्ला र राज्यपरिषद सँग समन्वय गरी सहयोग हस्तान्तरण गर्न वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ । वर्तमान विपत्तीमा सहयोग वा राहत उपलब्ध गराउन चाहने पार्टी कार्यकर्ता, शुभचिन्तक अथवा प्रवास शाखाहरुले पार्टीको आधिकारीक खाता नम्बर १९१००१००१७७१६४०००००१ नेपाल बैंक लिमिटेड जाउलाखेल, ललितपुरमा सहयोग रकम जम्मा गरी पार्टी केन्द्रीय कार्यालयलाई फोन न. ०१–५१५३६३३, अथवा ईमेल janamukti48@gmail.com मा वा पार्टीको आधिकारीक फेसवुक र ट्यूटर राष्ट्रिय जनमुक्ति पार्टी को म्यासेज बक्समा गई जानकारी गराउन समेत अनुरोध गरिएको छ ।