पत्रकार सम्मेलन मार्फत दश बुँदे निर्णय सार्वजनिक!

पत्रकार सम्मेलन मार्फत दश बुँदे निर्णय सार्वजनिक!

12
0
SHARE

राष्ट्रिय जनमुक्ति पार्टीकाे १२औं राष्ट्रिय भेलाले पारित गरेका दश बुँदे निर्णयहरू पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ। असाेज २९ गते रूपन्देहीको बुटवलमा, केन्द्रीय संचार विभागको तर्फबाट आयोजित पत्रकार सम्मेलनमा उक्त निर्णय सार्वजनिक गर्दैै त्यसको विषयमा पार्टी अध्यक्ष केशव सूर्यवंशीले थप प्रकाश समेत पार्नु भयो। रूपन्देहीमा ०८३ असाेज २५, २६र २७ गते सम्पन्न राष्ट्रिय जनमुक्ति पार्टीको १२औं राष्ट्रिय भेलाले राष्ट्रिय राजनीति र सरकारको ६महिने कार्य समिक्षा, विश्वभर छरिएका प्रवासी नेपालीहरूको नागरिकता खारेज गर्न नहुने, ब्रिटिश गोर्खा र तिनको सन्ततिको लागि वंशजको नागरिकताको निरन्तरता अधिकार, त्रिपक्षीय साझेदारीमा आधारित मौलिक अर्थनीतिको कार्यान्वयन मार्फत औधोगिकरण, संविधानले सुनिश्चित गरेको संरक्षित, विशेष र स्वायत्त क्षेत्रको अबिलम्ब कार्यान्वयन, धर्म निरपेक्ष नीतिलाई कार्यान्वयनका लागि समन्वयकारी भूमिका निर्वाह,भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियानको सञ्जाल पालिका तहसम्म विस्तार गर्ने र हरेक वर्ष मङ्सिर १३ गते ‘राष्ट्रिय मातृभाषा दिवस’ मनाईने जस्ता निर्णय गरेकाे छ। बुटवल स्थित एशियन प्यालेसमा सम्पन्न पत्रकार सम्मेलनमा सचिव मोजिव अलिले सहजीकरण गर्नु भएको थियो भने निर्णयहरूको वाचन पार्टी महासचिव एवं भेला संयोजक टोप अस्लामीले गर्नु भएको थियो।