१२औं राष्ट्रिय भेला भव्यरूपमा सम्पन्न।

१२औं राष्ट्रिय भेला भव्यरूपमा सम्पन्न।

5
0
SHARE

राष्ट्रिय जनमुक्ति पार्टीकाे १२औं राष्ट्रिय भेला(12th National Conference) रूपन्देहीमा असाेज २५,२६ र २७(Oct 11,12&13,2026) भव्यतापूर्वक सम्पन्न भएकोे छ। भेलाको उद्घाटन सभा असोज २५ गते महेन्द्र सभा गृह, भैरहवा (सिद्धार्थ नगर) मा सम्पन्न भएकोे थियो। पार्टी अध्यक्ष केशव बहादुर थापा मगर (केशव सूर्यवंशी) ले उद्घाटन र मूख्य सम्बोधन गर्नु भएकोे उद्घाटन सभामा पार्टी उपाध्यक्ष डकेन्द्र थेगिम, पार्टी उपाध्यक्ष एवं राष्ट्रिय महिला मोर्चाका केन्द्रीय अध्यक्ष होमाया गुरुङ, केन्द्रीय उपाध्यक्ष एवं राष्ट्रिय पूर्व गोर्खा सैनिक संगठनका केन्द्रीय अध्यक्ष क्या. भिम बहादुर राना, केन्द्रीय सचिव एवं मुस्लिम राष्ट्रिय परिषदका केन्द्रीय महासचिव मोजिव अलि, केन्द्रिय सचिव गजेन्द्र आङबुहाङ, नेपाल थारु राष्ट्रिय मञ्चका केन्द्रीय संयोजक रेखा प्रसाद चौधरी, जनमुक्ति युवा संघका केन्द्रीय अध्यक्ष शंकर गाहा र लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ्गले प्रतिबद्धता मन्तव्य राख्नु भएको थियो।

पार्टी महासचिव एवं भेला संयोजक टोप अस्लामीको सभापतित्वमा सम्पन्न उदघाटन सभामा पार्टी उपसचिव चेत बहादुर आलेले स्वागत मन्तव्य, बहुजातीय साँस्कृतिक मोर्चा को तर्फबाट साँस्कृतिक प्रस्तुति रहेको थियो भने कार्यक्रम संचालन केन्द्रीय सचिव गीता सारुले गर्नु भएको थियोे। यसै गरी भेलाको दोस्रो र तेस्रो दिन(असाेज २६,२७) मंगलापुर (तिलोत्तमा नगर) स्थित कविराज भवन(पार्टीकाे जिल्ला भवन) मा सम्पन्न भएकोे थियो। पार्टी उपाध्यक्ष क्या. भिम बहादुर रानाको सभापतित्व , उपाध्यक्ष हाजी डा.मोहम्मद हसनको स्वागत र उपमहासचिव चेत बहादुर आलेको सञ्चालन रहेको भेलाको बन्दसत्रले संघीय परिषद्को तर्फबाट पार्टी महासचिव टोप अस्लामी द्वारा प्रस्तुत प्रतिवेदनलाई थप सुझाव सहित सर्वसम्मत द्वारा पारित गरेको छ। भेलाले केन्द्रीय कोषाध्यक्ष धनकेशर सूर्यवंशीद्वारा प्रस्तुत आर्थिक कार्ययोजनालाई समेत पारित गरेको छ। कर्णाली बाहेक अन्य ६ प्रदेश का प्रतिनिधिहरू, सबै जनसंगठनका प्रतिनिधिहरू र बाईस जिल्लाका प्रतिनिधि सम्मिलित राष्ट्रिय भेलाको बन्दसत्रमा प्रस्तुत सुझाव, टिप्पणीहरूलाई संश्लेषण गर्दैै पार्टी अध्यक्ष केशव सूर्यवंशी निष्कर्ष र दिशानिर्देश प्रदान गर्नु भएकोे थियो।१०बुँदे बिशेष प्रस्ताव पारित गर्दै सम्पन्न सो भेलाको बन्दसत्रमा केन्द्रीय संरक्षक परिषदका सदस्यहरू छत्र बहादुर दर्लामी मगर, खेम बहादुर पुन र क्या.नरजंग गुरुङ्गलाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो।

पार्टी केन्द्रीय समिति(संघीय परिषद) को आयोजना तथा लुम्बिनी(लु.थ.म.) प्रदेश समितिको ब्यवस्थापन र जिल्ला समिति, रूपन्देहीको सह ब्यवस्थापनमा १३औं राष्ट्रिय भेला सम्पन्न भएको होे।