माङसेबुङ्ग, इलाममा पार्टी केन्द्रित हुँदै

(मूलुकको आमूल परिवर्तनका लागि जिम्मेवारी दिन जनतालाई अपील गरिने) सबै नेता कार्यकर्ताहरु र शुभ चिन्तकहरु र जिल्ला समितिहरुलाई व्यापक जनसहभागिता सहित सकृय सहभागिताका लागि अग्रिम अपील गरिएको छ ।

0
3933

राष्ट्रिय जनमुक्ति पार्टीका नेता कार्यकर्ताहरु केही दिनदेखि इलामको माङ्सेबुङ्गमा भेला हुने क्रम जारी छ । पार्टीको राष्ट्रिय कार्यक्रम (२०७४ कात्तिक ११ गते) लाई भव्य रुपमा सफल बनाउनका लागि विशेष गरी १ नं. प्रदेशभित्र रहनु भएका पार्टीका केन्द्रीय पदाधिकारी लगायतका नेताहरु सो क्षेत्रमा भेला भईसक्नु भएको छ ।                                           (सहभागिताको लागि निमन्त्रणा पत्र)

यसका साथै प्रादेशिक समितिका नेताहरु पनि सो क्षेत्रमा पुग्नु भएको छ । सो कार्यक्रम तयारी बारे विस्तृत जानकारी लिनका लागि पार्टी अध्यक्ष केपी पालुङ्वा तिहार अगाडि नै सो क्षेत्र प्रस्थान गर्नु भएको छ ।


यतिबेला पार्टी उपाध्यक्ष एवं १ नं. प्रदेश व्यूरो ईञ्चार्ज चन्द्र खापुङहाङ्ग, संघीय परिषद सदस्य पृर्थी बेगा, माङसेबुङ्ग गाउपालिका कार्य समितिका अध्यक्ष सुरेन्द्र तुम्बाहाङ्फे लगायतका नेता कार्यकर्ताहरु सो क्षेत्रमा कार्यक्रम व्यवस्थापनका लागि निरन्तर खटीरहनु भएको छ ।कार्यक्रम भव्य रुपमा सम्पन्न गर्नका लागि देशको पूर्वी क्षेत्रबाट व्यापक जनसहभागिता जुटाईने तयारी भईरहेको छ भने अन्य क्षेत्रबाट प्रतिनिधिमूलक सहभागिता रहनेछ ।


आगामी मंसिर १० र २१ गते हुने निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीको पक्षमा व्यापक जनमत सृजना गर्न सो कार्यक्रम फलदायी हुनेमा पार्टी विश्वस्त भएको छ । सो निर्वाचनमा इलाम क्षेत्र नं. २ मा पार्टी अध्यक्ष केपी पालुङ्वा प्रत्येक्ष तर्फ लड्ने गरी पार्टीले तयारी गरीरहेको छ । आगामी निर्वाचनमा पार्टीले विभिन्न दलहरुसंग चुनावी तालमेल गर्न व्यापक गृहकार्य समेत गरीरहेको छ ।