संघीय परिषदको चौंथों वैठक सम्पन्न

संघीय परिषदको चौंथों वैठक सम्पन्न

3534
0
SHARE

मिति २०७४ माघ ७–८ गते राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषदको चौथों वैठक धोविघाट, ललितपुरमा पार्टी अध्यक्ष श्री के.पी. पालुङवा ज्यूको अध्यक्षतामा, पार्टी संरक्षक एवं निर्वतमान अध्यक्ष एम.एस. थापा ज्यूको प्रमुख आतित्थ्य र पार्टी संस्थापक सदस्य एव अनुगमन तथा मुल्याङकन समितिका संयोजक श्री राम बहादुर तुम्वाहाम्फे ज्यूको विशेष उपस्थितिमा सम्पन्न भयो  । सो वैठकको निर्णयहरु जानकारी/कार्यन्वयनका लागि यो परिपत्र गरिएको छ । मिति २०७४ माघ ७–८ गते राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषदको चौथों वैठक धोविघाट, ललितपुरमा पार्टी अध्यक्ष श्री के.पी. पालुङवा ज्यूको अध्यक्षतामा, पार्टी संरक्षक एवं निर्वतमान अध्यक्ष एम.एस. थापा ज्यूको प्रमुख आतित्थ्य र पार्टी संस्थापक सदस्य एव अनुगमन तथा मुल्याङकन समितिका संयोजक श्री राम बहादुर तुम्वाहाम्फे ज्यूको विशेष उपस्थितिमा सम्पन्न भयो  । सो वैठकको निर्णयहरु जानकारी/कार्यन्वयनका लागि यो परिपत्र गरिएको छ ।

राष्ट्रिय भेला चैत्रमा गरिने : वैठकले पार्टीको आगामी कार्यदिशा, कार्यनीति र बृहत्तर कार्ययोजनाका लागि महाधिवेशन पछिको दोस्रो सर्वोच्च निकाय “राष्ट्रिय भेला” को आयोजना गर्ने निर्णय गरेको छ । पार्टीको एघारौं राष्ट्रिय भेला २०७४ चैत्र १७–१९ सम्म रुपन्देहीमा सम्पन्न हुनेछ । भेला व्यवस्थापनका लागि “एघारौं राष्ट्रिय भेला मूल तयारी समिति” रहने र त्यसको संयोजकको जिम्मेवारी संघीय परिषद सदस्य तथा रुपन्देही इन्चार्ज सूर्य कुमार सारु मगरलाई प्रदान गरिएको छ ।
सहकार्य, आन्दोलन र राष्ट्रिय मोर्चाको प्रस्ताव गरिने ःवैठकले वैचारिक निकटता भएका अथवा राष्ट्रिय एजेण्डा वा मुद्दा विशेषमा निकट धारण भएका दलहरु सँग आवश्यक सहकार्य र साझा आन्दोलनका लागि राष्ट्रिय मोर्चाको अवधारण तयार गरि अघि बढ्ने निर्णय गरेको छ । यसको लागि पार्टी अध्यक्ष के.पी. पालुङवालाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

पार्टी परिचालन कोष बनाईने : पार्टी परिचालन र सुदृढिकरणका लागि बलियो आर्थिक आधार तयार गर्न पार्टी परिचालन कोष स्थापना गर्ने । पार्टी परिचालन कोष निर्माणको लागि प्रत्यक्ष भूमिका निर्वाह गर्न पार्टी संरक्षक एम.एस. थापा, पार्टी सस्थापक सदस्य राम बहादुर तुम्बाहाम्फे र बरिष्ठ नेता डि.के बुद्धिष्ठ सहित केन्द्रीय कार्यसम्पादन समितिको एक अधिकार सम्पन्न समिति हुनेछ ।

भातृसंगठनका कार्ययोजनालाई सहयोग गर्ने  : पार्टीको यूवासंगठन जनमुक्ति युवा महासंघको मिसन २०–२० सम्बन्धि कार्ययोजनाको प्रस्तावलाइ अनुमति प्रदान गरिएको छ । साथै, पार्टीको विद्यार्थी संगठन नेपाल विद्यार्थी मोर्चाको चौथो राष्ट्रिय महाधिवेशन (२०७४ फागुन २५–२७, धरान) को सफलताका लागि आवश्यक सहयोग एवं भूमिका निर्वाहका लागि पार्टी मातहतका समितिलाई सूचित गरिनेछ ।

जिम्मेवारी  प्रदान गरिएको : प्रदेश ७ (सैपाल–थारुवान) का साथै प्रदेश ६ (खसान–कर्णाली) को समेत प्रादेशिक भेला सम्बन्धि मूल जिम्मेवारी संघीय परिषद सदस्य तथा व्यूरो ७ का उपसंयोजक मनिराम चौलागाईलाई दिईएको छ ।

मनोनयन गरिएको  : पार्टी पदाधिकारी वैठकको प्रस्ताव अनुसार बहुजन समाज पार्टी नेपालका सस्थापक केन्द्रीय कोषाध्यक्ष शर्मिला महरा (धनुषा) पार्टी प्रवेश भई प्रदेश २ मा समेत निर्वाचनको जिम्मेवारी पुरा गर्नु भएकोले संघीय परिषदको सचिवमा, वैकल्पिक संघीय परिषद सदस्य भरत लक्छवा राई (संखुवासभा) लाई संघीय परिषद सदस्य, गोर्खा इन्चार्ज रामचन्द्र अर्याललाई वैकल्पिक संघीय परिषद सदस्य र नारायण बहादुर अर्याल (गोर्खा) लाई संघीय महासभा सदस्यमा मनोनित गरिएको छ ।

समिक्षा/धन्यवाद ज्ञापन  : प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन २०७४ वारे गहन समिक्षा गरियो । व्यूरो प्रमुखहरु द्धारा लिखित रुपमा प्रतिवेदन प्रस्तुत गरिएकोमा ति प्रतिवेदनहरुलाई संष्लेषण गरि मुल प्रतिवेदन तयार गर्न का लागि केन्द्रीय सचिवाललाई जिम्मेवारी दिईएको छ । साथै, निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक तर्फ उम्मेदवार भएका, निर्वाचन परिचालन समिति अन्तरगत परिचालित भएका सवै नेता कार्यकर्ता तथा सदस्यहरु,  आर्थिक सहयोग दाताहरु, प्रवास समिति र सचेत र प्रतिवद्ध मतदाताहरु सवैलाई आभार तथा धन्यवाद ज्ञापन गरिएको छ ।

शोक प्रस्ताव : पार्टी संस्थापक सदस्य तथा संघीय महासभा सदस्य उजिर सिं दर्लामी (रुपन्देही) को पुस ९ गते, पार्टीको स्थापना काल देखि हालसम्म विभिन्न जिम्मेवारी निर्वाह गर्नु भएका, पार्टी संघीय परिषद सदस्य तथा जनमुक्ति मञ्च अन्तर्राष्ट्रिय समन्वय समितिका कोषाध्यक्ष भरत थापा (रुपन्देही/हाल यू.के.) को माघ ५ गते र पार्टीका संघीय महासभा सदस्य तेजवीर गुरुङ्ग (तँनहु) को यहि पुस १३ गते असामयीक निधन भएकोमा गहिरो दुःख प्रकट गर्दै, दिवंगत हुनु भएका प्रति श्रद्धाञ्जली र आफन्तजनमा समवेदना व्यक्त गर्दै शोक प्रस्ताव पारित गरियो ।

SHARE
Previous articleस्थापना दिवसमा अन्तरकृया
Next articleएघारौं राष्ट्रिय भेला सम्पन्न
Nepal as a Multi Ethnic Society but the structure of the State is not as the structure of the society here. As well as the Government System is total centralized and monopolized specially in the base of single ethnicity. So here should be Multi-Ethnic Proportional Representation and Total Federal System. Reservation should be in system (Constitutionally) to the backward society's people in the Employment, Education (Social Securities)-Indigenous Nationalities, Dalits, Females, Minority Groups; and Secularism is the next issue of this Party. And the Economic Policy of the Party is competitive in the base of Democratic Socialism.