सातौं राष्ट्रिय महाधिवेशन स्थगित ।
राष्ट्रिय जनमुक्ति पार्टीको यही ०८१ मंसिर ६,७ र ८ गते कास्की,पोखरामा हुने तय भएको सातौं राष्ट्रिय महाधिवेशन विशेष आन्तरिक कारणले तत्कालका लागि स्थगित गरिएको छ।सातौं राष्ट्रिय महाधिवेशनका संयोजक समेत रहनु भएका पार्टीका कार्यकारी अध्यक्ष केशव सूर्यवंशी द्वारा मंसिर ५गते जारी गरिएको ३ बुदे पार्टी सर्कुलरमा उक्त बिषय उल्लेख गरिएको छ । निर्वाचन आयोगमा अध्यक्ष केपी पालुङवा द्वारा गत जेठमा पेश गरिएको बिधान(सातौं संशोधन) र केन्द्रिय समितिको नामावली-हेरफेर पार्टीको केन्द्रिय तहमा कहिँ पनि प्रस्तुत,छलफल एवं पारित नगरिएकोले सो अबैधानिक एवं फर्जी कार्य बारे निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुका साथै आवस्यक कार्वाहीको लागि केन्द्रिय समितिको ४०%ले निवेदन दर्ता गरेपछि आयोगमा यस बिषयमा कार्वाही-प्रकृया अगाडि बढेको र यहि मंसिर भित्र यसबारे टुंगो लाग्ने र तेस लगत्तै बस्ने केन्द्रीय बिस्तारित बैठकले महाधिवेशनको नयाँ तिथि-मिति तोक्नुका साथै अन्य आवस्यक निर्णय समेत लिने सर्कुलरमा उल्लेख छ ।महाधिवेशनको स्थान भने पोखरा नै रहने बुझिएको छ।
आफ्नो स्थापनाकाल देखि ०७९ सम्म भएका सबै तहको निर्वाचन र उपनिर्वाचनका लागि आयोगमा दर्ता हुने गरेको र निर्वाचनमा सहभागी समेत हुँदै आएको राष्ट्रिय जनमुक्ति पार्टीले यस पटक भने पार्टी अध्यक्ष केपी पालुङवा द्वारा आयोगमा पेश गरिएको अबैधानिक बिधान र केन्द्रीय समितिको नामावली हेरफेर को विरुद्ध आयोगमा चलेको मुद्धाको कारणले उपनिर्वाचनका लागि दर्ता हुन नपाएको बुझिएको छ ।
पार्टी कार्यकारी अध्यक्ष द्वारा जारी पार्टी सर्कुल्ररमा देशमा भ्रस्टाचार बढेको,अराजकता बढेको,प्राप्त राजनीतिक उपलब्धि माथि नियोजित प्रहार बढेको,संघीयता कमजोर पार्न खोजिएको,सरकार निरंकुशता तर्फ बढेको जस्ता बिषय प्रति चिन्ता जाहेर गर्दै यि बिषयहरुलाई लिएर पार्टीले निकट भबिस्यमै आन्दोलन गर्ने जानकारी सहित पार्टी पंक्ति एवं जनसंगठनहरु लाई तयार रहन समेत निर्देश गरिएको छ ।