मुक्कुम्लुङ गोली काण्डको विरोध तथा घाईतेहरुसंग पार्टी नेतृत्वको भेट।

मुक्कुम्लुङ गोली काण्डको विरोध तथा घाईतेहरुसंग पार्टी नेतृत्वको भेट।

140
0
SHARE
Kb Suryavanshi

माघ १२गते ताप्लेजुङको मुक्कुमलुङ(पाथीभरा) क्षेत्रमा सरकारी पक्ष बाट भएको प्रहरी हस्तक्षेप र गोलीकाण्ड बारे राष्ट्रिय जनमुक्ति पार्टीले गंभीर चासो र चिंता प्रकट गर्नुका साथै त्यसको भर्त्सना समेत गरेको छ। पार्टी महासचिब टोप अस्लामी मगरद्धारा जारी विज्ञप्तिमा घट्नाको सत्य तथ्य बाहिर ल्याउने माग गर्दै, दोषी उपर कार्वाही, घाइतेहरुको यथोचित उपचारको माग गर्नुका साथै स्थानिय जनताको चाहना र समर्थन बेगर केवल व्यापारिक स्वार्थका लागि राज्यले बलपूर्वक मुक्कुम्लुङ क्षेत्रमा केवलकार परियोजना अगाडि बढाउन नहुने र राज्य पक्षले स्थानीय जनताको लोकतान्त्रिक विरोध र शान्तिपूर्ण आन्दोलनलाई हिंसा र बलपूर्वक दमन गर्न खोजेमा त्यसले भयावह र अकल्पनिय दुर्घटना निम्त्याउन सक्ने तर्फ पनि पार्टीले विज्ञप्ति मार्फत राज्यको ध्यानाकर्षण गराएको छ। यसैबीच, उक्त गोली काण्डमा प्रहरीको गोली प्रहारबाट घाईते युवाहरु सगुन र याम तथा बन्दुकको कुन्दा प्रहारबाट घाईते घमानको काठमाडौं टिचिङ हस्पिटलमा उपचार भईरहेकोमा राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट कार्यकारी अध्यक्ष केशव सूर्यवंशीको नेतृत्वमा महासचिव टोप अस्लामी र पूर्व कोषादक्ष डब पुन सम्मिलित टोलीले घाईते युवाहरुसंग मंगलबार(माघ १५ गते)भेटी स्वास्थ्य अवस्थाको जानकारी लिनुका साथै शिघ्र स्वास्थ्य लाभको कामना र परिवार तथा आफन्तहरुलाई उच्च मनोबल राख्न आग्रह समेत गरेको छ। सो अवसरमा कार्यकारी अध्यक्ष सूर्यवंशीले उक्त दिनको घटनाक्रमबारे विस्तृत जानकारी समेत लिनुभएको छ।