एम.बि. थापा हङकंङ ईन्चार्ज

0
1425

राष्ट्रिय जनमुक्ति पार्टी ले एम.बि. (मीन बहादुर)  थापा लाई हङकंङ शाखा  ईन्चार्ज को ज़िम्मेवारी दिएको छ । पार्टी को पांचौ राष्ट्रिय महाधिबेशन पछि थापा पार्टी को मनोनीत संघीय परिषद (केन्द्रीय समिति) को सदस्य पनि हुनुहुन्छ । विश्वभर छरिएर रहेक़ा जनमुक्ति बिचारधारा पक्षधर नेपालीहरूलाई समेट्नुका साथै नेपालीहरू कार्यरत मूलुक मा उनिहरूको हकहितका लागि कृयाशिल हुन पार्टी ले “जनमुक्ति मञ्च” को जन्म गराएको हो, जून हाल सार्इप्रस, र्इजराईल, बेलायत, कतार, मलेशिया, हङकङ,आबुदाबि  मा मुख्य रुपले कृयाशील रहेका छन । हङकङ ईन्चार्ज थापा २००६ देखी सो शाखा को अध्यक्ष रहि आऊनु भएको थियो भने उहाँ विभिन्न सामाजिक संस्थाहरू मा पनि नेतृत्वदायी भूमिका मा कृयाशील हुनु हुन्छ । उहाँले हङकङको साथै अर्कों व्यवस्था नहूदा सम्म मकाऊ को लागि पनि जनमुक्ति मञ्च को काम हेर्नु हुनेछ । ईन्चार्ज  श्री एम. बि. थापा लाई पार्टी केन्द्रीय कार्यालय धोविघाट, ललितपुरमा एक कार्यक्रम बीच पार्टी महासचिव केशव सूर्यवंशी ले जिम्मेवारी तथा आवश्यक कागजपत्र यही मंसिर १७ ( डिसेम्बर २) का दिन हस्तान्तरण गर्नु भएको थियो।