चौरजहारी हत्याकाण्ड र देवदहमा भएको बालिका हत्या विरुद्ध खबरदारी

गम्भीर हत्याकाे उच्चस्तरीय छानविन र दाेषीलाइ कडा कारवाही गरिनै पर्छ ।

0
1102

राष्ट्रिय जनमुक्ति पार्टीको चार जनसंगठनहरुले बुुटवलमा एक खबरदारी कार्यक्रम सम्पन्न गरेको छ । गत जेठ १० गते रुकुम चौरजहारीको सोतीमा भएको जघन्य हत्याकाण्ड र देवदह नगरपालिका गुम्मी, रुपन्देहीमा १३ वर्षीय बालिकालाई बलात्कारपछि हत्या गरेको घट्नाको विरुद्धमा सो कार्यक्रम गरेको हो ।

कार्यक्रम राष्ट्रिय पूर्वसैनिक संगठन, राष्ट्रिय महिला मोर्चा, जनमुुक्ति युुवा महासंघ र राष्ट्रिय दलित मोर्चाको संयुुक्त आयोजनामा सम्पन्न भएको हो ।

संघीय लोकतान्त्रिक गणतन्त्र भएको मूलुकमा यो खालको पाशविक घट्ना निन्दनीय भएको र पीडितहरुलाई अविलम्ब उचित न्याय र राहत प्रदान गर्न वक्ताहरुले सरकारलाई खबरदारी गरेका छन् ।

खबरदारी कार्यक्रमलाई राष्ट्रिय जनमुक्ति पार्टीका उपाध्यक्ष एवं जातीय विभाग प्रमुख दल बहादुर विरकट्टा, राष्ट्रिय महिला मोर्चाका वरिष्ठ उपाध्यक्ष मधुु राना, जनमुक्ति युवा महासंघका प्रदेश ५ अध्यक्ष डिबी थापा, राष्ट्रिय दलित मोर्चाका सहसंयोजक हरिओम बिकले सम्बोधन गर्नु भएको थियो ।

जनमुुक्ति युवा महासंघका रुपन्देही सचिव पहल रानाले सञ्चालन गरेको सो खबरदारी कार्यक्रम सभामा परिणत हुनुभन्दा अगाडि हभागीहरुको रयाली हिंडेको थियो ।

खबरदारी कार्यक्रममा सहभागीहरूले देवदह, रूपन्देहीमा भएको दलित महिलाको हत्याको तुरुन्त उच्चस्तरीय छानविन गर, पश्चिम रुकूम चौरज़हारी हत्याकाण्डका दोषीहरूलाई कड़ा सजाय हुनै पर्छ, जातीय विभेद, हत्या र हिंसाको अन्त्य गर, राष्ट्रिय एकता र शान्तिका लागि सबै जातजातिहरुलाई समानुपातिक प्रतिनिधित्वको अधिकार सुनिश्चित हुनैपर्छ भन्ने नारा सहितकाे प्लेकार्ड पनि बाेकेका थिए ।