![p-Banner-photo](https://janamukti.org/wp-content/uploads/2022/04/p-Banner-photo-696x464.jpg)
राष्ट्रिय जनमुक्ति पार्टीले गत मंसिरको २१ गते देशव्यापी उद्घोष गरेको “जनता जागौं अभियान-२०७८” अन्तर्गत प्रदेश तहमा जागरण सभा गर्ने क्रम शुरु गरेको छ । “जनता जागौं अभियान-२०७८” को पहिलो चरण बारे प्रदेश तहमा यही चैत २६ गते सभाहरु सम्पन्न गर्ने भनिएता पनि आगामी २०७९ बैशाख ३० गतेका लागि राज्यले निर्धारण गरेको स्थानीय निर्वाचन सम्बन्धमा हुने कार्यक्रमको व्यस्ततालाई ख्याल गरी तोकिएको मिति अगावै प्रदेश तहमा सभाहरु सम्पन्न गर्ने निर्णय लिईएको हो । यसै सन्दर्भमा पार्टीको लुम्बिनी (लुथम) परिचालन समितिले यही चैत २० गतेका दिन बुटवलमा “प्रदेश स्तरीय जागरण सभा” सम्पन्न गरेको छ ।
![](https://janamukti.org/wp-content/uploads/2022/04/p-Karyakari-1024x683.jpg)
“स्थानीय तहमा जनउत्तरदायी विकास निर्माणको आधार, जनमुक्तिको स्थानीय सरकार” भन्ने मूल नाराका साथ सम्पन्न गरिएको सो जागरण सभामा पार्टीका कार्यकारी अध्यक्ष केशव सूर्यवंशी प्रमुख अतिथिको रुपमा उपस्थिति हुनुहुन्थ्यो । उहाँले सभालाई सम्बोधन गर्ने क्रममा हाम्रो देशको वर्तमान अवस्थाको चित्रण गर्नु भयो । उहाँले भन्नु भएको छ – “अहिले देश हरेक कोणबाट व्यथितिको मारमा परेको र कङगाल अवस्थाबाट गुज्रेको छ । हाम्रा प्राकृतिक सम्पदाहरु र राष्ट्रिय सम्पत्तिहरु विदेशीको हातमा दिने कामहरु भएका छन् । दलहरुकै ३० वर्षे शासनकाल व्यहोर्दै आउँदा आज देशलाई आर्थिक रुपमा हरिकङगाल बनाईको छ । सामान्य तरकारी समेत अर्बौं रुपैंयाको किनेर खान पर्ने स्थितिमा देशलाई पुरयाउदा पनि शरम नमान्ने शासकहरु, त्यस्ता शासक उत्पादन गर्ने दलहरु यो देशका अपराधीहरु हुन् कि होईनन् ? त्यस्ता अपराधीलाई सजाय दिनु जरुरी हो कि होईन ? भन्दै जनतलाई सोध्नु भएको छ ।” यस सम्बन्धमा अब जनताले गम्भीर रुपमा समिक्षा गर्नैपर्ने दिन आईसकेको कार्यकारी अध्यक्ष सूर्यवंशीको भनाई छ ।
हाल सम्म सत्तामा बस्दै आएका दलहरुले अब चूनावी घोषणा पत्र पनि लेख्न जरुरी छैन भन्दै कार्यकारी अध्यक्ष सूर्यवंशीले भन्नु भयो – “जनताले अब राष्ट्रिय जनमुक्ति पार्टीको चुनाव चिन्ह घरमा मतादेश दिनुस् । हामीले हाम्रो घोषणा पत्र अनुसार देश र जनताको पक्षमा काम गर्न सकेनौ भने त्यही घोषणा पत्रलाई आधार बनाएर तुरुन्तै प्रहरीमा वा न्यायालयमा मुद्दा दर्ता गर्ने अधिकार पनि दिन्छौं ।”
![](https://janamukti.org/wp-content/uploads/2022/04/p-front-mobile-1-1024x576.jpg)
उहाँले आम जनताप्रति जिज्ञासा राख्नु भएको छ – “के हाल सम्म मत दिएर जनताले सत्तामा पुरयाएका दलहरुले जनमुक्तिले जस्तो भन्न सक्छन् ? के अहिले सम्म सरकार चलाएका / चलाउँदै आएका दलहरुलाई तिनका घोषणा पत्रका आधारमा काम नभएकोमा जनतालाई ठगियो भनेर जनताले प्रहरीमा वा न्यायालयमा उजुरी गर्न सक्नु हुन्छ ?”
“सत्ता सञ्चालन गरेका र गर्दै आएका दलहरुले घोषणा पत्र अनुसार काम नगरेकोमा छलकपट भयो भनेर जनताले उजुरी दिन सक्नु पर्छ, होईन भने राजनीतिक रुपमा हुँदै आईरहेका बेईमानी र त्यसका कारणबाट देश र जनताले भोग्नु परेको क्षति बारे अब गम्भीर रुपमा छलफल हुनै पर्छ” – कार्यकारी अध्यक्ष सूर्यवंशीले हरेक नेपाली जनतामा अपील गर्नु भएको छ ।
कार्यकारी अध्यक्ष सूर्यवंशीले जनतालाई सम्झाउनु भएको छ – “लोभलालचमा आफना विवेकहरु बेच्ने समय घर्की सकेको छ । डरत्रासमा, भुलभुलाईमा आफूलाई अनिर्णयको बन्दी बनाउने समय पनि घर्की सकेको छ । अब सही समय आईसकेको छ २०७९ बैशाख ३० गते । त्यो समयमा सही निर्णय नगरी हामीलाई सुखै छैन । त्यो सही निर्णयका लागि आफू जागृत हुन र अरुलाई पनि जागृत बनाउन कार्यकारी अध्यक्ष सूर्यवंशीले सबै नेपालीमा आव्हान गर्नु भएको छ ।”
![](https://janamukti.org/wp-content/uploads/2022/04/p-females-1024x683.jpg)
“जनउत्तरदायी विकास निर्माण सहित सवल नेपाल निर्माणको आधार तयार गर्न स्थानीय निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीको चुनाव चिन्ह घरमा मतादेश दिन र यस दलको प्रतिनिधिहरुलाई वीजयी बनाउन प्रत्येक नेपालीको गम्भीर ध्यानाकर्षण होस्” – कार्यकारी अध्यक्ष सूर्यवंशीको आव्हान छ ।
“राज्यले मान्यता दिईसकेको नेपालको प्रथम शहीद लखन थापा मगरलाई प्रथम शहीद होईन भनी देशमा पटकपटक प्रधानमन्त्री भईसकेका र हाल नेकपा एमालेका केन्द्रीय अध्यक्ष रहनु भएका खड्ग प्रसाद ओलीले केही दिन अगाडि सार्वजनिक रुपमा अभिव्यक्ति दिएकोमा पार्टीको आपत्ति छ र खेद प्रकट गर्न चाहन्छ” – जागरण सभालाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष केशव सूर्यवंशीले भन्नु भएको छ ।
जागरण सभालाई सम्बोधन गर्दै महिलाहरुको जनसंख्या अनुसारको प्रतिनिधित्व सुनिश्चित गर्न राष्ट्रिय जनमुक्ति पार्टी र घर चिन्हलाई व्यापक गर्न महिला नेतृ राष्ट्रिय महिला मोर्चाका केन्द्रीय अध्यक्ष एवं पार्टी उपाध्यक्ष होमाया गुरुङ्गले जोड दिनु भएको छ ।
![](https://janamukti.org/wp-content/uploads/2022/04/ph-1024x683.jpg)
महासचिव टोप अस्लामीले स्थानीय तहमा राम्रा र हाम्रा भनिएका ठूला दलका प्रतिनिधिहरुले देश बेच्ने आफ्ना नेताहरुको कडा विरोध गर्न सक्नु पर्ने बताउनु भएको छ । उहाँले स्थानीय तहमा आफन्तको आडमा ठूला दलका प्रतिनिधिहरुलाई भोट दिन यस पटक पनि भन्नेछन् तर हाम्रा गाउँघर समृद्ध बनाउन सत्ता सञ्चालन गर्दै आएका दलहरुको निर्वाचन चिन्हमा अझै कति वर्ष सम्म सम्म मत दिनु पर्ने हो भनेर अब मतदाताहरुले खरो रुपमा प्रश्न राख्न सक्नु पर्छ भनेर भन्न सक्नै पर्ने बताउनु भएको छ ।
![](https://janamukti.org/wp-content/uploads/2022/04/p-t-1024x683.jpg)
जागरण सभामा पार्टीका केन्द्रीय सचिव मोजीव अली, मगर महासंघ नेपालका केन्द्रीय अध्यक्ष छत्र दर्लामी, जनमुक्ति युवा संघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष सुन्दर गुरुङ्ग, नेपाल थारु राष्ट्रिय मञ्चका केन्द्रीय संयोजक रेखा प्रसाद थारुले पनि सम्बोधन गर्नु भएको थियो ।
![](https://janamukti.org/wp-content/uploads/2022/04/pm-1024x683.jpg)
लुम्बिनी प्रदेश परिचालन समितिका सचिव चित्र प्रसाद गुरुङ्गले सञ्चालन र जागरण सभाका लागि व्यवस्थापक जिल्ला रुपन्देहीका अध्यक्ष प्रेम थापाको स्वागत मन्तव्य रहेको प्रदेश स्तरीय जागरण सभाका सभाध्यक्ष लुम्बिनी प्रदेश (लुथम) परिचालन समितिका अध्यक्ष झम गुरुङ्ग हुनुहुन्थ्यो ।
कालिकानगर (दक्षिण), अस्पताल लाईन (उत्तर) र सामुदायिक मुटु अस्पताल (पूर्व) गरी तीन तर्फबाट रयाली निकाली जागरण सभामा परिणत भएको थियो । जागरण सभामा बहुजातीय साँस्कृतिक मोर्चा, लुम्बिनी प्रदेश समितिको तर्फबाट स्वागत गीत, साँस्कृतिक कार्यक्रम र पार्टी गीतको प्रस्तुती पनि दिईएको थियो ।
कार्यकारी अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथिको मन्तव्य :
![](https://janamukti.org/wp-content/uploads/2022/04/p-jhm-1024x683.jpg)
![](https://janamukti.org/wp-content/uploads/2022/04/p-ch-1024x683.jpg)
![](https://janamukti.org/wp-content/uploads/2022/04/p-nagriktabihin-gyapan-1024x683.jpg)
![](https://janamukti.org/wp-content/uploads/2022/04/p-Narjang-1024x683.jpg)
![](https://janamukti.org/wp-content/uploads/2022/04/p-ds-1024x683.jpg)
![](https://janamukti.org/wp-content/uploads/2022/04/pnew-entry-1024x683.jpg)
![](https://janamukti.org/wp-content/uploads/2022/04/p-extra-1024x683.jpg)
![](https://janamukti.org/wp-content/uploads/2022/04/p-female-leaders-photo-session-1024x683.jpg)
![](https://janamukti.org/wp-content/uploads/2022/04/p-kalakar-1024x683.jpg)
![](https://janamukti.org/wp-content/uploads/2022/04/ppr-1024x683.jpg)
![](https://janamukti.org/wp-content/uploads/2022/04/p-kalakar1-1024x683.jpg)
![](https://janamukti.org/wp-content/uploads/2022/04/p-nagriktabihin-gyapan-1-1024x683.jpg)
![](https://janamukti.org/wp-content/uploads/2022/04/p-Prem-G-1024x683.jpg)
![](https://janamukti.org/wp-content/uploads/2022/04/pc-1024x683.jpg)
![](https://janamukti.org/wp-content/uploads/2022/04/ps-1024x683.jpg)
![](https://janamukti.org/wp-content/uploads/2022/04/p-kalakar-show-1024x576.jpg)
![](https://janamukti.org/wp-content/uploads/2022/04/pr-1024x683.jpg)
![](https://janamukti.org/wp-content/uploads/2022/04/pr-front-1024x683.jpg)
![](https://janamukti.org/wp-content/uploads/2022/04/p-kalakar-gents-1024x683.jpg)