जनमुक्ति मञ्च हङकङलाई धन्यवाद

0
1943

पार्टी संघीय परिषद सदस्य तथा पार्टीको प्रवास समिति (संगठन) “जनमुक्ति मञ्च हङकङ” का सचिव श्री भिम बहादुर थापालाई आज पार्टी संघीय परिषदको कार्यालय धोविघाट, ललितपुरमा पार्टी संघीय परिषद अध्यक्ष के.पी. पालुङ्गवा, वरिष्ठ उपाध्यक्ष यम बहादुर बुढाथोकि, उपाध्यक्ष वावुकाजी मर्हजन,
सदस्य तथा संगठन विभाग उप–प्रमुख के.वी. पुन, सदस्य हुम थापा, होमलाल पुन, नेवाः राज्य परिषद अध्यक्ष एस.के. मर्हजन, संघीय महासभा सदस्य क्या. दुर्गा प्रसाद गुरुङ्ग लगायतले स्वागत गर्नु भएकोे थियो । सो स्वागत कार्यक्रममा मञ्चका सचिवले पार्टी संघीय परिषदको कार्यालयलाई स्टेशनरी तथा मसलन्दको लागि भनि आर्थिक सहयोग पनि हस्तान्तरण गर्नु भएको छ भने पार्टीलाई अगामी दिनमा सक्दो सहयोग गर्ने पनि व्यक्त गर्नु भएको थियो । स्वागत कार्यक्रमा पार्टी अध्यक्ष के.पी. पालुङवाले आर्थिक सहयोगको लागि जनमुक्ति मञ्च हङकङ समिति र आर्थिक सहयोग कार्यालयमा पु¥याउनु हुने भीम बहादुर थापालाई धेरै धेरै धन्यवाद दिनु भएको थियो ।