पार्टी नेताहरु रिहा

0
2565
http://janamukti.org/wp-content/uploads/2018/05/Rihai.jpg
http://janamukti.org/wp-content/uploads/2018/05/Rihai.jpg

राष्ट्रिय जनमुक्ति पार्टी, ५ नं. प्रदेश परिचालन समिति (लुम्बिनी–थरुहट–मगरात) ले विदेशी हस्तक्षेप, भ्रष्टाचार, तस्करी र महंगीको विरुद्धमा वैशाख २८ गते प्रदेश राजधानी बुटवलमा आयोजना गरेको विरोध कार्यक्रमको क्रममा प्रहरी प्रशासनद्धारा पक्राउ गरिएका पार्टी नेताहरुलाई वैशाख २९ गते अपरान्ह रिहाई गरिएको छ । कार्यक्रमको क्रममा गिरफ्तार गरिएका पार्टी केन्द्रीय उपाध्यक्ष तथा ५ नं. प्रदेश प्रमुख हाजी डा. मोहमद हसन र रुपन्देही जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्गलाई गिरफ्तार गरि ईलाका प्रहरी कार्यालय बुटवलमा लगिए पछि पार्टीले केन्द्र तथा प्रदेश एवं जिल्लास्तरबाट व्यापक विरोध र विनासर्त रिहाईको लागि दवाव दिएको थियो । वैशाख २९ गते यसै विषयलाई लिएर बुटवलको चौराह (लखन चोक) देखि पुप्पलाल पार्क सम्म जनप्रर्दशन तथा विरोध एवं खवरदारी सभा पनि सम्पन्न गरिएको थियो । त्यस लगत्तै नेताहरुलाई प्रशासनले विनासर्त रिहा गरेपछि फूलमाला र खादा सहित सम्मान पूर्वक पार्टी कार्यकर्ताहरुको ठुलो समुहले नारा जुलुस सहित बुटवल नगरपरिक्रमा गरि पार्टी प्रदेश कार्यालय पुगेको थियो । पार्टी केन्द्रको तर्फवाट दुई दिने कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्ने गराउने पार्टी नेता–कार्यकर्ता तथा शुभचिन्तक एवं जनसमुदायलाई धन्यवाद ज्ञापन गरिएको छ ।

नेता रिहा पछि बुटवल नगरपरिक्रमा गर्दै