शुभकामना

0
1816

        २५६१औं बुद्ध जयन्तीको पावन अवसरमा देश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली बौद्ध धर्मावलम्वी दिदीवहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।
नेपाल बहुजातिय, बहुभाषिक, बहुसाँस्कृतिक एवं बहुधार्मिक मुलुक हो । नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठुलो योगदान दिनु भएका महामयम गौतम बुद्धका उपदेशहरु विश्व मै लोकप्रिय छन् । शान्तिका अग्रदुत गौतम बुद्धले सम्पूर्ण मानव जगतको कल्याण गर्नका लागि गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्त गर्नु भएको बोधि ज्ञान आज सम्म पनि उत्तिकै शास्वत रहेको छ । बुद्ध विचारले अहिंसा, सद्भाव मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकोले उँहाका विचारहरु विश्व भर नै लोकप्रिय हुन सकेका हुन । गौतम बुद्धले मानव कल्याण र शान्तिका लागि ठुलो योगदान दिनु भएकाले उहाँप्रति हामी सधै सबै नेपालीले गर्व गर्न सक्छौं । उहाँको उपदेश र सतमार्ग दर्शनलाई स्वीकार गरी अगाडि बढ्न सकेमा अवश्य पनि शान्ति र कल्याण प्राप्त हुन्छ ।
२५६१औं  बुद्ध जयन्तीको यस महत्वपूर्ण दिनले हामी नेपाली लगायत विश्वका सबै बुद्धधर्मावलम्वीलाई बुद्धधर्मको विश्व भातृत्वको भावनालाई आत्मासाथ गर्दै, सबैलाई शान्ति र प्रगतिपथमा अगाडि बढ्नका लागि प्रेरणा मिलोस भन्दै बुद्ध जयन्तीको शुभकामना व्यक्त गर्दछु ।

      ………………………………
 के.पी. पालुङवा
अध्यक्ष