पार्टी प्रवेश तथा स्वागत कार्यक्रम सम्पन्न

0
3134

राष्ट्रिय जनमुक्ति पार्टी, केन्द्रीय कार्यालय धोविघाट, ललितपुरमा पार्टी प्रवेश तथा स्वागत कार्यक्रम आज वैशाख ८ गते सम्पन्न भएको छ । केन्द्रीय कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल परित्याग गरी राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गर्नु भएका रोशन महर्जन र प्रेम देसारलाई पार्टी सदस्यता पत्र अध्यक्ष के.पी. पालुङवा ले प्रदान गर्नु भएको थियो भने संस्थापक सदस्य तथा अनुगमन तथा मूल्याङकन संयोजक राम बहादुर 11तुम्वाहाम्फेले खादा ओढाई स्वागत गर्नु भएको थियो । पेशाले आईटि ईन्जिनियर समेत रहनु भएको रोशन मर्हजन (वर्ष ४०) राप्रपा नेपालको ललितपुर महानगरपालिका समितिको सचिव रहनु भएको थियो भने स्थापना काल देखि नै राप्रपा नेपालमा जुझारु यूवा नेताको छवि बनाउनु भएका प्रेम देसार (वर्ष ४५) सो पार्टीको यूवा फाँटको पूर्व महासचिव रहि सक्नु भएको व्यक्तित्व हुनु हुन्छ । पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा बोल्दै उहाँहरुले “राष्ट्र निर्माणका लागि राष्ट्रिय जनमुक्ति पार्टीको नीति, सिद्धान्त र कार्यक्रम नै सही लागेकोले आफूहरु प्रवेश गरेको” बताउनु भयो । पार्टी महासचिव केशव सूर्यबंशीले सहजीकरण गर्नु भएको आजको कार्यक्रममा पार्टी अध्यक्ष के.पी. पालुङवा, संघीय परिषद सदस्य विजय सिंह थापा र नेवाः राज्य परिषदका अध्यक्ष एस.के. महर्जन सहित नवप्रवेशी रोशन महर्जन र प्रेम देसारले मन्तव्य राख्नु भएको थियो ।
आगामी स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीको तर्फवाट ललितपुर महानगर पालिका का लागि रोशन महर्जन र गोदावारी नगरपालिका का लागि प्रेम देसारले मेयर पदका लागि उम्मेदवारी दिने पनि आजै घोषणा गरिएको छ6