सामाजिक सुरक्षा भत्ता कटौती गर्ने निर्णयको भत्सर्ना

0
1472

विदेशी सरकारबाट निवृत्तिभरण (पेन्सन) प्राप्त गरीरहेका नेपाली नागरिकहरूलाई नेपाल सरकारबाट प्राप्त हुदै आएको सामाजिक सुरक्षा भत्ताको अधिकार बाट बञ्चित गर्ने गरी गृहमन्त्रालयले मन्त्रीस्तरमा ०७७ असार १७ गते निर्णय गरेको र सो निर्णयको कार्यान्वयनको लागि स्थानीय तहहरूलाई ०७७ असार १८ गते निर्देशन भएको विषयमा राष्ट्रिय पूर्वसैनिक संगठनको गम्भीर ध्यानाकर्षण भएको छ। आज (२०७७ असार २६ गते / १० जुलाई २०२०) दिन संगठनका केन्द्रीय अध्यक्ष भीम बहादुर रानाद्वारा हस्ताक्षरित प्रेष विज्ञप्ति जारी गर्दै त्यस्तो ध्यानाकर्षण भएको बताईएको हो ।

‘विदेशी सरकारबाट नियमित रूपले पेन्सन प्राप्त गरीरहेका नेपाली नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्न नमिल्ने’भनी गृहमन्त्रालयले गरेको निर्णय खास गरी हामी गोर्खा भूपूसैनिकहरूलाई राज्यले अनागरिक सरहको व्यवहार गर्न खोजेको हाम्रो ठहर छ प्रेष विज्ञप्तिमा भनिएको छ । गोर्खा भूपूसैनिकले विदेशमा गरेको सेवा र कर्म गरे वापत राज्यले ठूलो रेमिटयान्स प्राप्त गरे पनि भूपूहरूले प्राप्त गर्ने सुविधाप्रति नेपाल सरकारले बक्र दृष्टिकोण राख़्नु घोर अन्याय भएको राष्ट्रिय पूर्वसैनिक संगठनले बताएको छ । गोर्खा भूपू सैनिकहरुले प्रत्येक्ष अप्रत्येक्ष देशलाई योगदान गर्दै आएको प्रति राज्यले विचार पुरयाउनु पर्नेमा आफ्नो देशको सरकारबाट प्राप्त हुने सुविधा समेत विभिन्न बहानामा कटौती गर्ने गृह मन्त्रालयको उक्त निर्णय र निर्देशनको विरोध र भर्त्सना समेत गरिएको छ । संगठनले गृहको उक्त निर्णय तुरन्त खारेज गर्न नेपाल सरकारको तुरन्त ध्यान जाओस् भनी खबरदारी समेत गरेको छ ।