२५६५औं बुद्ध जयन्ती र किराँत उभौली पर्वको शुभकामना

0
1360

विश्व शान्तिका अग्रदूत भगवान बुद्धको २५६५औं जयन्ती र किराँत उभौली पर्वको पावन अवसरमा राष्ट्रिय जनमुक्ति पार्टीले समस्त नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा सुस्वास्थ्य, सुखशान्ति साथै समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ ।

पार्टी अध्यक्ष खड्ग प्रसाद पालवाद्वारा शुभकामना व्यक्त गर्दै हाम्रा मौलिक चाड पर्व, धर्म संस्कृति, रीतिरिवाज र मूल्य मान्यताहरु हामी सबै नेपाली मात्रको अमूल्य सम्पत्ति हुन – भनिएको छ – “यिनै संस्कार र सभ्यताहरुले हामीलाई एउटै मालामा एकताबद्ध बनाउन प्रेरित गरीरहेको छ ।”

शान्तिका अग्रदूत भगवान बुद्धका प्रेरणादायी उपदेश र प्राणी जगतका लागि मार्गदर्शन यथार्थमा ग्रहण गर्न सकेमा नेपालमा विशिष्ट रुपमा रहेको विविधताका बीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रियता थप सुदृढ र सवल बनाउन सकिने विश्वास हामीले लिएका छौं” – शुभकामनामा भनिएको छ ।

हाल विश्वव्यापी रुपमा फैलिएको कोराना महामारीबाट सम्पूर्ण नेपाली र सिंगो मानव जगतले छिटै मुक्ति पाउन सम्भव होस् भन्ने कामना गर्दै कोरोना महामारीको संकटमा सबैले थप सजग र सुरक्षित रहन सबैको आवश्यक ध्यान पुगोस् भनी पार्टीले अनुरोध समेत गरेको छ ।

फाईल फोटोहरु श्रोत : गुगुल