राष्ट्रिय जनमुक्ति पार्टीको ३४ स्थापना दिवस(०८१ माघ ६) केन्द्र एवं विभिन्न जिल्लाहरुमा उत्साहपूर्वक मनाईएको छ।पार्टीको केन्द्रिय सचिवालयको आयोजनामा,केन्द्रिय कार्यालय ,काठमाडौं (जनमार्ग,पिपलबोट)मा ३४औ स्थापना दिवस मनाईएको छ। पार्टी सस्थापक अध्यक्ष एवं संरक्षक एम.एस.थापा र वरिष्ठ नेता डिके बुद्धिस्ट ज्युले संयुक्त रूपमा केक काटेर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो।राजधानीमा उपलब्ध केन्द्र एवं प्रदेशका नेताहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा अग्रज नेताद्वय ज्यूबाट विशेष मार्गनिर्देश मन्तब्री दिनु भएको थियो भने कार्यक्रमको सहजीकरण कार्यकारी अध्यक्ष केशव सूर्यवंशीले गर्नु भएको थियो।
