जनमुक्ति मञ्च, कतारको अधिवेशन सम्पन्न, पुनः राज खम्बुको अध्यक्षतामा नयाँ समिति गठन।

0
1881

जनमुक्ति मञ्च, कतारको अधिवेशन सम्पन्न, पुनः राज खम्बुको अध्यक्षतामा नयाँ समिति गठन।
=========================================================
** सयौं वर्षदेखि उत्पीडनमा परेकाहरुले नीति निर्माणमा अझै पनि प्रतिनिधित्व गर्ने व्यवस्था बनेको छैन — प्रमुख अतिथि, महेन्द्र थापा ।
** जनमुक्तिको दियो निभ्न दिईने छैन, “विश्व जनमुक्ति मन्च”बाट ६ जना पनि नयाँ शक्तिमा गएका छैनन् — नव निर्वाचित अध्यक्ष, राज खम्बु ।
=================================

राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन “जनमुक्ति मन्च, कतार”को शुक्रबार (२०७३ असार २४ गते तदानुसार ८ जुलाई २०१६ मा) दोश्रो अधिवेशन भई नयाँ समिति चयन भएको छ । कतार,दोहाको नज्मा स्थित अम्वाज रेस्टुरेन्टको सभा हलमा पार्टी समर्थक तथा शुभचिन्तकहरुको जमघटबीच अधिवेशन सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमुक्ति पार्टीका कतार सँयोजक श्री महेन्द्र थापा मगरज्युले “पहिचान सहितको संघीयता र जातीय समानुपातिक प्रतिनिधित्वको सुनिश्चित्ता, भ्रष्टाचारको अन्त्य र समृद्ध नेपालको निर्माण हाम्रो प्रतिबद्धता ।।“ भन्ने नारालाई आत्म साथ गर्दै हालसम्मको राजनैतिक परिवर्तनवाट संविधान र ऐन कानुनमा कागजी रुपमा भेदभाव कम गरिएता पनि ब्यवहारमा भेदभाव, शोषण र उत्पीडनमा राखेकोमा गहिरो खेद प्रकट गर्नु भयो । पार्टीको मार्गनिर्देशक सिद्धान्त ‘जनमुक्ति विचारधारा’लाई आत्म साथ गर्दै नेपालमा “बहुजातीय लोकतान्त्रिक समाजवाद” स्थापनाको लक्ष्य राखी राष्ट्रिय जनमुक्ति पार्टी अगाडि बढीरहेको बताउनु भयो । उहांले पार्टीको उद्येश्ये, घोषणा पत्र, आचारसंहिता र विधानको वारेमा खुलस्त पार्नु भएको थियो ।

कार्यक्रम दुई चरणमा सञ्चालन भएको थियो । पहिलो चरणको खुल्ला सत्रमा पुर्व अध्यक्ष राज खम्वुले राष्ट्रिय जनमुक्ति पार्टीको सिद्धान्त र मार्ग निर्देशन अनुसार कतारमा जनमुक्तिको दियो निभ्न नदिई अनवरत रुपमा उज्यालो प्रकाश छरिरहने र पार्टीलाई अगाडि बढाई रहने वाचा गर्नु भएको थियो । जनमुक्ति मन्च कतारबाट पूर्व समितिका सदस्यहरु तथा शुभचिन्तकहरु कोहि पनि नयाँ शक्तिमा नगएको बताउदै पूर्व अध्यक्ष खम्बुले विश्व जनमुक्ति मन्च बाट ६ जना पनि नयाँ शक्तिमा नगएको बताउनु भएको थियो । विभिन्न समाचार तथा फेस्बुक संजाल मार्फत आएका झुटा समाचारले राष्ट्रिय जनमुक्ति पार्टी र विश्व जनमुक्ति मन्चका जुझारु कार्यकर्ताहरुको मनबल घटाउने काम गरेको भन्दै त्येस्ता भ्रामक समाचार ले राष्ट्रिय जनमुक्ति पाटी तथा विश्व जनमुक्ति लाई कुनै प्रभाव नपार्ने र बिचल्ली पनि नहुने नेता खम्बुको विशस छ । र यस्ता खाले तत्वहरुको भन्डाफोर गर्ने पनि अध्यक्ष राज खम्बु ले बताउनु भयो ।
कार्यक्रम रामकिरण तामाङले संचालन गर्नु भएको थियो । शेर बहादुर रोका मगरकोले कार्यक्रममा उपस्थित सबैलाई मन्तव्यबाट स्वागत गर्नु भएको थियो । ज्येष्ठताको आधारमा सुर्य बहादुर बंशी ठकुरीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । खुल्ला सत्रको सभापतिज्यूले कार्यक्रममा उपस्थित रहनुभएका सम्पूर्णमा हार्दिक धन्यवाद सहित कार्यक्रमको समापन गर्नु भएको थियो भने तत्पश्चात लगत्तै बन्द शत्र शुरु भएको थियो ।

२१ सदस्यीय समिति निर्वाचित :
******************************
पार्टीका कतार सँयोजक श्री महेन्द्र थापा मगरको संयोजकत्वमा गठित निर्वाचन समितिले राज खम्बुको अध्यक्षतामा २१ सदस्यीय समितिलाई निविरोध निर्वाचित भएको घोषणा गरेको थियो । उक्त समितिको उपाध्यक्षमा सेर बहादुर बिस्वकर्मा, महासचिव राम किरण तामाङ, सचिव अमृत गन्धर्व, उपसचीव बुद्धि बहादुर ढेगामगर, कोषअध्यक्ष बुद्ध बहादुर घर्ती मगर, सहकोषाअध्यक्ष सोहबिर रानामगर र सदस्यहरुमासुरेन्द्र चोखाङ राई,सागर लिम्बु, सन्तोष रन्जन,बिक्रम गन्धर्व, लिला राई, सेर बहादुर रोक्का मगर, केशब घर्ती मगर, अमर मगर, चुडा राना मगर, भिम सारु मगर, राजेस रसाली, धन बहादुर श्रेष्ठ र दुई वटा पद रिक्त राखिएको छ । नव निर्वाचित अध्यक्ष राज खम्वुले कतारमा गठित यस मञ्चले पार्टीलाई अगाडि बढाउनका निमित्त सदस्यज्युहरुमा हार्दिक अनुरोध गर्दै संपुर्णमा हार्दिक धन्यवाद दिनु भयो ।

हार्दिक आभार र बधाई ज्ञापन ।
====================
जनमुक्ति मञ्च, कतारको अधिवेशन गर्न पहल गर्ने सबै जनमुक्ति प्रेमी सदस्यज्यूहरुमा हार्दिक आभार र नवनिर्वाचित सबै पदाधिकारी र सदस्यज्यूहरुमा राष्ट्रिय जनमुक्ति पार्टी, केन्द्रीय कार्यालय हार्दिक बधाई ज्ञापन गर्दछ ।