छिमेकि मूलूक भारत संग सीमाविवाद रहेका २३ जिल्लाका सबै ९७८ क्षेत्र० को बैज्ञानिक समाधानको लागि यथासिघ्र उचित पहल गरियोस

भारत सरकार द्वारा हालै (गत शनिवार) सार्वजनिक गरिएको नयाँ राजनीतिक नक्शामा नेपालतर्फको भू-भाग (कालापानी र लिपुलेक–लिम्पियाधूरा क्षेत्रको ३७२ वर्ग कि.मी. भन्दा बढ़ी) लाई आफ्नो भूभागको रुपमा नक्शाङ्कन गरिएको विषयप्रति राष्ट्रिय जनमुक्ति पार्टी गम्भीर आपत्ति प्रकट गर्दै त्यसको घोर विरोध र भर्सना गर्दछ ।

यस बारेमा ठूलो जनचासो र आक्रोश प्रकट भैसक्दा समेत नेपाल सरकारको तर्फबाट उच्च प्राथमिकता र जिम्मेवारीबोधका साथ कुनै प्रभावकारी राजनीतिक एवं कूटनीतिक कदम अगाड़ि बढ़ाउन नसकेकोमा नेपाल सरकार र नेतृत्वकर्ता प्रति हाम्रो पार्टी क्षोभ प्रकट गर्दै खबरदारी समेत गर्न चाहन्छ । साथै, छिमेकि मूलूक भारत संग सीमाविवाद रहेका २३ जिल्लाका सबै ९७८ क्षेत्र० को बैज्ञानिक समाधानको लागि यथासिघ्र उचित पहल गरियोस भनि राष्ट्रिय जनमुक्ति पार्टी जोडदार माग गर्दछ ।