राष्ट्रिय जनमुक्ति पार्टीले १८औं गणतन्त्र दिवसको अवसरमा देश विदेशमा रहेका नेपालीहरुलाई सम्बोधन गर्दै शुभकामना व्यक्त गरेको छ। पार्टीका कार्यकारी अध्यक्ष केशव सूर्यवंशी द्वारा जेठ १५गते जारी विज्ञप्तिमा देशको गणतान्त्रिक अभ्यासमा कमि कमजोरी रहेकाे भएतापनि गणतन्त्रको विकल्प नरहेको र सच्चा लोकतान्त्रिक शक्तिको उदयले देशको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ र परिपक्क एवं राष्ट्रिय आवश्यक्ता अनुरुप अगाडि वढाउने विश्वास व्यक्त गरिएको छ।
सेरेमोनियल एकल राष्ट्रपतिको सट्टा देशको विविधता देखिने गरि कम्तीमा पनि समूहगत (आदिवासी-जनजाति, मधेसी- मुस्लिम, उत्पीडित दलित र खस आर्य) र महिलाहरूको समेत प्रतिनिधित्व सुनिश्चित हुनेगरि पाँच सदस्यीय अध्यक्ष- मण्डल (presidium) पद्धतिको प्रस्ताव गर्दै सो पार्टीले संविधान सभामा पनि सो प्रस्ताव अगाडि सारेको थियो। गणतान्त्रिक दिवशको अवसरमा जारी गरिएको विज्ञप्तिमा उक्त प्रसंगको समेत उल्लेख गर्दै पार्टी उक्त पद्धति प्रति कायमै रहेकाे पनि प्रस्ट पारिएको छ।