नागरिक सम्बोधन पत्र बहुभाषामा!

नागरिक सम्बोधन पत्र बहुभाषामा!

54
0
SHARE

राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधि सभामा जारी गरेको चुनावी घोषणा पत्र (नागरिक सम्बोधन पत्र-२०८२) लाई नेपालका सबै भाषाहरुमा अनुवाद गर्ने लक्ष्य अनुरूप कार्य अगाडि बढाएको छ। सो अनुुसार हाल सम्म २०भाषाहरुमा नागरिक सम्बोधन पत्र तयार भएको प्रवक्ता चेत बहादुर आलेले जानकारी गराउनु भएकाे छ।

राष्ट्रिय जनमुक्ति पार्टीले यस पटकको निर्वाचनमा १०बुँदे नागरिक सम्बोधन पत्र, शहीद दिवस(माघ १६,२०८२)सार्वजनिक गरेको थियो। यस्तै अन्तर्राष्ट्रिय मातृभाषा दिवस (२१ फेब्रुअरी/फागुन ९) को अवसर पारेर उक्त सम्बोधन पत्रको नेपाली सहित १२ भाषामा सम्बोधन पत्र सार्वजनिक गरेको थियोे। हाल सम्म २० भाषामा नागरिक सम्बोधन पत्र तयार भएको(QR कोडमा पनि उपलब्ध) र बाँकी लेख्य परम्परा भएका भाषामा पनि भाषिक अनुवाद गरिने अनि लेख्य परम्परा नभएको भाषाहरुको हकमा श्रव्य अनुवाद गरी अभिलेख राख्ने कार्य गरिने महासचिव टोप अस्लामी ले जानकारी दिनु भएको छ। नेपाल बहुभाषिक मुलुक भएकोले यहाँका सबै भाषाहरुको संरक्षण र सम्बर्द्धन गर्ने राष्ट्रिय नीति हुनुपर्छ भन्ने राष्ट्रिय जनमुक्ति पार्टीको भाषिक नीतिलाई झल्काउन यो कदम चालिएको महासचिव अस्लामी ले प्रष्ट पार्नु भयाे। उहाँका अनुसार; निर्वाचनमा आफ्नो चुनावी घोषणा पत्र बहुभाषामा सार्वजनिक गर्ने एकमात्र अनि पहिलाे पार्टी राष्ट्रिय जनमुक्ति पार्टी हो।

दाङमा अवस्थित नेपाल संस्कृत विश्वविद्यालयलाई ‘बहुभाषिक विश्वविद्यालय’ को रूपमा विकास र विस्तार गर्ने घोषणा पनि राष्ट्रिय जनमुक्ति पार्टीले गर्दैै आएको छ।(न्यूज ब्यूरो)