सप्तरीको घट्नाप्रति गम्भीर ध्यानाकर्षण ।

0
1353
सप्तरीको घट्नाप्रति गम्भीर ध्यानाकर्षण ।

राष्ट्रिय जनमुक्ति पार्टी
संघीय परिषद /National Council
मिति : २०७३ फागुन २४ गते ।

प्रेष विज्ञप्ति ।
*********

नेकपा एमाले र मधेशी मोर्चा बीच सप्तरीको राजविराजमा हिंजो फागुन २३ गते भएको झडपको क्रममा प्रहरीको गोली प्रहारबाट सर्वसाधारणको हत्या भएको प्रति आÇनो प्रथम अन्तर्राष्ट्रिय सम्मेलनमा व्यस्त राष्ट्रिय जनमुक्ति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यस घट्ना सम्बन्धमा प्रतिपक्ष जस्तो जिम्मेवार तहमा रहेको पार्टीको नेतृत्वकर्ताहरु र संवेदनशिल परिस्थिति आकलन गर्न असक्षम सरकार दुवै उत्तिकै जिम्मेवार रहेको हाम्रो बुझाई छ । त्यसमाथि मृतकहरु सबै मधेशी समुदायका नेपाली हुनुले राज्यको चरित्रलाई समेत शंका गर्नु पर्ने अवस्था सृजना भएको छ । यो घट्नाको तह सम्म पुग्ने गरी तत्काल छानविन गरी दोषी उपर कारवाही गर्न अधिकार सम्पन्न सर्वपक्षीय छानविन समिति बनोस् भन्ने हाम्रो पार्टीको माग रहेको छ । यस घट्ना सम्बन्धमा प्रधानमन्त्री, गृह मन्त्री र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्माले सार्वजनिक माफी माग्नु पर्दछ ।
यस घट्नाप्रति गहिरो दुःख तथा चिन्ता व्यक्त गर्दै यस संवेदनशिल घडीमा सम्बन्धित सबैले संयम अपनाउन समेत राष्ट्रिय जनमुक्ति पार्टी हार्दिक अपील गर्दछ ।

……………..                                                                   ………………
केशव सूर्यवंशी                                                                केपी पालुङवा
(महासचिव)                                                                   (अध्यक्ष)