![](http://janamukti.org/wp-content/uploads/2021/08/Kp-Addressing1-1024x576.jpg)
राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष खड्ग प्रसाद (केपी) पालूङवाले महासचिव केशव सूर्यवंशी ज्यूको ममतामयी आमा बसन्ती सूर्यवंशी मगर (जन्म मिति १९८६ साउन १८ गते) को यही मिति २०७८ साउन १८ गते निधन भएको प्रति राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद र सिङ्गो पार्टी परिवारलाई स्तब्ध र मर्माहत बनाएको बताउनु भएको छ । आज पाँचौ पूण्य तीथि (चोखेनी) को दिन एक कार्यक्रमबीच दिवंगत आमा बसन्ती सूर्यवंशी ज्यूप्रति संघीय परिषदको तर्फबाट अध्यक्ष पालुङवाले भावपूर्ण श्रद्धान्जली अर्पण गर्नु भएको छ । आज महासचिव निवास बुटवलमा आयोजित श्रद्धान्जली कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पालुङवाले उक्त कुरा बताउनु भएको हो ।
![](http://janamukti.org/wp-content/uploads/2021/08/Kp-sir-2.jpg)
महासचिव सूर्यवंशीको ममतामयी आमा (दिवंगत) बसन्ती सूर्यवंशी प्रति श्रद्धान्जली व्यक्त गर्न साथै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्न राष्ट्रिय जनमुक्ति पार्टी बुटवल वडा (नं. ८) समितिले आयोजना गरेको श्रद्धान्जली कार्यक्रममा पार्टी अध्यक्ष पालुङवा उपस्थित हुनु भएको हो । उहाँले श्रद्धान्जली सभालाई सम्बोधन गर्दै अगाडि भन्नु भयो – ‘पार्टीका विचारक, राज्यसत्ताबाट पाखा पारिएका, दमन शोषण, विभेद र उत्पीडनमा परेका जाति/समुदायहरुको पहिचान र अधिकारका लागि संघर्ष गरीरहनु भएका युग परिवर्तनका संवाहक – एक स्वप्नद्रष्टा व्यक्तित्वलाई जन्म दिने आमा हामी सबैको पूजनीय आमा हो । उहाँको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै आयोजित कार्यक्रममा श्रद्धान्जली अर्पण गर्न पाउनु पनि आत्मगौरवको कुरा हो ।’
अध्यक्ष पालुङवाले शोकलाई शक्तिमा बदलेर अगाडि बढ्न सम्पूर्ण नेता कार्यकर्ताहरुमा आव्हान समेत गर्नु भएको छ ।
श्रद्धान्जली सभालाई प्रदेश अध्यक्ष झम बहादुर गुरुङ्ग, रुपन्देही अध्यक्ष प्रेम थापा, बुटवल नगर समितिका अध्यक्ष थर्क बाह्रघरेले समेत सम्बोधन गर्नु भएको थियो । उहाँहरुले आआफना समितिहरुको तर्फबाट दिवंगत बसन्ती सूर्यवंशी ज्यू प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नु भयो ।
![](http://janamukti.org/wp-content/uploads/2021/08/Kehar-Sing-1024x576.jpg)
यसैगरी राष्ट्रिय जनमुक्ति पार्टी, स्याङ्गजा जिल्ला समितिको तर्फबाट उपाध्यक्ष एकु राना र नवलपरासी बर्दघाट सुस्ता पूर्वको तर्फबाट प्रदेश ४ संगठन सचिव टक बहादुर वीरकट्टा र संघीय महासभा सदस्य केहर सिंह रानाले महासचिव ज्यूलाई समवेदना पत्र बुझाउनु भएको थियो ।
![](http://janamukti.org/wp-content/uploads/2021/08/Eku-jee.jpg)
रुपन्देही जिल्लामा रहनु हुने पार्टीका केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका नेता तथा कार्यकर्ताहरु र शुभचिन्तकहरुको सहभागिता रहेको श्रद्धान्जली सभाका सभाध्यक्ष बुटवल वडा नं. ८ समितिका अध्यक्ष प्रेम पुन हुनुहुन्थ्यो भने सचिव ज्योति थापाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
महासचिव केशव सूर्यवंशीले पार्टीका अध्यक्ष लगायत समस्त नेता कार्यकर्ता, कार्यक्रममा उपस्थित–सामाजिक सञ्जाल र फोन मार्फत समवेदना व्यक्त गर्ने सबै शुभचिन्तक महानुभाव ज्यूहरु साथै श्रद्धान्जली कार्यक्रम आयोजना गर्ने आयोजक राष्ट्रिय जनमुक्ति पार्टी, बुटवल नगर समिति प्रति हार्दिक धन्यवाद व्यक्त गर्नु भएको छ ।
यसैबीच केन्द्रीय अध्यक्ष पालुङवाले सिद्धार्थनगर नगर समिति, रुपन्देहीसंग हिंजो एक भेटघाट कार्यक्रम सम्पन्न गर्नु भएको छ । सो कार्यक्रम सिद्धार्थनगर नगर समिति, रुपन्देहीले आयोजना गरेको थियो । सो भेटघाट कार्यक्रममा उपाध्यक्ष एवं प्रभास विभाग प्रमुख कमला थापा साथै रुपन्देही अध्यक्ष प्रेम थापाको समेत सहभागिता रहेको थियो । कार्यक्रम सिद्धार्थनगर नगर समितिका अध्यक्ष प्रेम गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको थियो ।
![](http://janamukti.org/wp-content/uploads/2021/08/Kp-Sir-Bhairahawa.jpg)
![](http://janamukti.org/wp-content/uploads/2021/08/Kp-Addressing-1024x768.jpg)
![](http://janamukti.org/wp-content/uploads/2021/08/Kp-Talking-1024x576.jpg)