२७औं विश्व आदिवासी दिवसको शुभकामना

अब न्याय र मुक्तिका लागि परम्परावादी सोंच र ढर्रा बदल्न जरुरी छ - खड्ग प्रसाद (केपी) पालुङवा, अध्यक्ष

0
1338

२७औं विश्व आदिवासी दिवस ९ अगस्ट (साउन २५ गते) को अवसरमा राष्ट्रिय जनमुक्ति पार्टीले सम्पूर्ण आदिवासी जनजातिहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ । पार्टी अध्यक्ष खड्ग प्रसाद (केपी) पालुङवाले यस अवसरमा एक शुभकामना सन्देश दिंदै शुभकामना व्यक्त गर्नु भएको हो । उहाँले शुभकामना सन्देशमा भन्नु भएको छ – ‘मूलतः राज्यमा पहिचान सहितको अधिकार, नीति निर्माणमा समानुपातिक प्रतिनिधित्व एवं पूर्ण संघीयता र व्यवहारमा धर्म निरपेक्षताको कार्यान्वयन लगायतका समाज र देश हितका खातिर शान्तिपूर्ण र लोकतान्त्रिक विधि अवलम्बन गरी नेपाली आदिवासी जनजातिहरु आन्दोलित हुँदै आएका छन् । मूलुकमा सयौं वर्षदेखि अधिकार विहिन भएर बस्नु परेका जाति/समुदाय, वर्ग/क्षेत्र, अल्पसंख्यक/महिला सबैका लागि साथै विभेद र अन्यायको प्रतिस्थापन्न न्याय, समानता र राज्यसत्तामा आमूल परिवर्तनको पक्षमा हाम्रो राष्ट्रिय जनमुक्ति पार्टी स्थापनाकाल (विगत तीन दशक) देखि संघर्ष गर्दै आईरहेको स्मरण गर्न/गराउन आवश्यक ठान्दछु ।’
‘पहिचान सहितको संघीयता र स्वायत्तताका लागि संविधान संशोधन हाम्रो अभियान ।, धर्म निरपेक्षता र पूर्ण समानुपातिक व्यवस्थाका लागि २७औं विश्व आदिवासी दिवस हाम्रो आन्दोलन ।।’ भन्ने नाराका साथ नेपालका आदिवासी जनजातिहरुले यस २७औं विश्व आदिवासी दिवस मनाईरहेको सन्दर्भमा यस अभियान र आन्दोलनप्रति राष्ट्रिय जनमुक्ति पार्टीले ऐक्यबद्धता समेत जाहेर गरेको छ । अबको सन्दर्भमा नेपालका उत्पीडित जाति समुदाय सबैले कतिपय कमीकमजोरी सच्याएर अब न्यायको आन्दोलनमा एकमत बनाई होमिनु पर्ने प्रति पनि राष्ट्रिय जनमुक्ति पार्टीले ध्यानाकर्षण गराएको छ । अब न्याय र मुक्तिका लागि चिन्तन सहित कृयाशिल रहदै आएका सबै पक्षले मूलुकको अग्रगमन र समृद्धिका लागि सबै नेपालीले समान अधिकार स्थापित गर्न परम्परावादी सोंच र ढर्रा बदलेर अगाडि बढ्न प्रेरणा र सचेतना प्राप्त गर्नु पर्दछ अध्यक्ष पालुङवाले शुभकामना व्यक्त गर्नु भएको छ ।