प्रदेश १ मा पार्टीे शुद्धीकरण सुदृढीकरण अभियान शुरू

0
718
२०८० असोज ११ गते निर्धारित मितिमा प्रदेश १ मा पार्टीको "शुद्धीकरण तथा सुदृढीकरण अभियान (असोज–माघ) २०८०" उद्घाटन गर्दै पार्टी महासचिव एवं केन्द्रीय संगठन विभाग प्रमुख टोप अस्लामी ...

“पार्टी शुद्धीकरण सुदृढीकरण अभियान (असोज – माघ) २०८०” अन्तर्गत झापाको कनकाई नगरपालिका सुरुङ्गामा “प्रदेश १ स्तरीय भेटघाट तथा प्रशिक्षण कार्यक्रम” निर्धारित मिति (२०८० असोज ११ गते) मा नै सम्पन्न भएको छ । यही असोज ५ गते केन्द्र (काठमाडौं) मा उदघाटन गरी पार्टीले देशव्यापी आह्वान गरेको “५ महिने (असोज – माघ) पार्टी शुद्धीकरण सुदृढीकरण अभियान” को प्रदेश १ मा निर्धारित मिति (आज असोज ११, २०८०) मा उदघाटन भएको हो ।

राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय संगठन विभाग प्रमुख (महासचिव टोप अस्लामी) को नेतृत्वमा रहेको एक राष्ट्रिय टोली प्रदेश स्तरीय भेटघाट र प्रशिक्षणका लागि आज झापा पुगेको हो । प्रदेश १ मा पार्टीे शुद्धीकरण – सुदृढीकरण अभियान शुरू गर्नका लागि उक्त राष्ट्रिय टोली झापा पुगेको हो । सो प्रदेशमा अभियानका लागि पार्टीबाट खट्नु हुने राष्ट्रिय टोलीमा केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिका प्रमुख दल ब. वीरकट्टा, केन्द्रीय सदस्य तथा राष्ट्रिय महिला मोर्चाका केन्द्रीय उपाध्यक्ष मधु राना, केन्द्रीय सदस्य तथा राष्ट्रिय महिला मोर्चाका महासचिव धनी आले रहनु भएको छ ।

कार्यक्रममा केन्द्रीय सचिव एवम् केन्द्रीय संगठन विभाग सदस्य गजेन्द्र आङबुहाङ, संघीय परिषद (केन्द्रीय) सदस्यहरु क्रमश: इन्द्र आङदेम्बे र मैना बराईली लगायतका केन्द्रीय नेताहरुको सहभागिता रहेको थियो । यसका साथै राजमुपा, प्रदेश १ समिति, बहुजातीय सांस्कृतिक मोर्चा, यस क्षेत्रका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने जिल्ला नेताहरु साथै विभिन्न नगर प्रतिनिधिहरू र शुभचिन्तक ज्यूहरुको समेतको उपस्थिति रहेको थियो ।

पार्टीे जीवनमा “बृहत्तर र बहुआयामिक सांगठनिक प्रणालीको व्यवस्थापन”को पक्षलाई व्यवस्थित बनाएर अगाडि बढ्न जरुरी महशुस गर्ने सबै पार्टी नेता तथा कार्यकर्ताहरु र शुभचिन्तक ज्यूहरु आजको कार्यक्रमबाट उत्साहित हुनु भएको विचार व्यक्त भएको छ ।

पार्टीलाई बलशाली बनाउन पार्टीद्वारा उदघोष गरिएको यस अभियानलाई प्रदेश १ मा प्रभावकारी रूपमा सम्पन्न गर्न प्रदेश १ समिति साथै यस प्रदेश अन्तर्गतका सबै जिल्ला समितिहरुलाई केन्द्रीय संगठन विभागका प्रमुख एवम् पार्टीे महसचिव टोप अस्लामीले कार्यक्रम मार्फत आव्हान गर्नु भएको छ । “पार्टीे शुद्धीकरण – सुदृढीकरण अभियान” लाई प्रदेश १ मा सफल गराउन पार्टीका यस क्षेत्रका सबै नेता तथा कार्यकर्ताहरुले दत्तचित्त भएर लाग्नु वर्तमानमा महत्वपूर्ण कार्यभार हो – महसचिव एवम् केन्द्रीय संगठन विभाग प्रमुख अस्लामीले भन्नु भएको छ । उहाँले कार्यक्रमकै सन्दर्भमा सबै नेता तथा कार्यकर्तालाई आव्हान गर्दै केन्द्रीय संगठन विभागबाट आवश्यक सहयोग रहीरहने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिका प्रमुख दल ब. वीरकटटाले पार्टीलाई ठोस रुपमा अगाडि बढाउन र जनताको भरपर्दो राजनीतिक शक्तिको रूपमा उभ्याउन सबै नेता कार्यकर्ताहरुले इमान्दार भई पार्टीे पद्धतिको पालना गर्नुपर्ने स्मरण गराउनु भयो । पार्टीलाई नीति अनुसार चलायमान गर्न नसक्दा सम्म परिवर्तन चाहने जनताको विश्वासिलो शक्ति बन्न नसकिनेमा उहाँले सचेत गर्नु भयो। यसै सन्दर्भमा अनुगमन प्रमुख वीरकटटाले प्रदेश १ मा पार्टीको सांगठनिक अवस्था र पद्धतिको रिपोर्टिङ पनि लिनु भएको छ ।

पार्टीेका केन्द्रीय सचिव एवम् केन्द्रीय संगठन विभाग सदस्य गजेन्द्र आङबुहाङले “पार्टीे शुद्धीकरण – सुदृढीकरण अभियान २०८०” यही मिति २०८० को भदौ ११ र १२ गते काठमाडौंमा सम्पन्न पार्टीको संघीय परिषद बैठकले निर्णय गरी उदघोष गरेको कार्यक्रम भएको र यसलाई प्रदेश १ मा साथै देशैभरी सम्पन्न गरिने बताउनु भयो । उहाँले यस कार्यक्रमलाई सबै नेता कार्यकर्ताले जिम्मेवार रूपमा अपनत्व लिएर सम्पन्न गर्न सकेमा पार्टीे जीवनमा ठूलो परिवर्तन आउने विश्वास व्यक्त गर्नु भयो। कार्यक्रममा केन्द्रीय नेताहरु इन्द्र आङदेम्बे, मैना बराईली लगायत सहभागी प्रदेश तथा जिल्ला नेताहरु समेतले जिज्ञासा सतही पार्टीे पद्धतिको आवश्यकता सम्बन्धमा विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा बहुजातीय सांस्कृतिक मोर्चाका केन्द्रीय अध्यक्ष कैलाश थपाले सहजीकरण गर्नु भएको कार्यक्रममा सहभागीहरूलाई प्रदेश सदस्य दिलीप राईले स्वागत गर्नु भयो । कार्यक्रम प्रदेश अध्यक्ष परशुराम मगरको अध्यक्षतामा चलेको हो ।

“पार्टीे शुद्धीकरण – सुदृढीकरण अभियान सक्रियताका साथ सम्पन्न गरौं ।, बलशाली पार्टी निर्माणका लागि सबै नेता कार्यकर्ताहरु प्रतिबद्ध र शसक्त रुपमा एकताबद्ध हौं ।।” भन्ने आह्वानका साथ प्रदेश १ बाट शुरू गरिएको कार्यक्रम अब प्रदेश २ मा वि असोज १४ गते सम्पन्न गर्ने केन्द्रीय संगठन विभागको कार्यतालिका रहेको छ ।