राहत संकलनका लागी अपील

0
1685

मिति २०७५ चैत्र १९ गते आईतबार राती नेपालको दक्षिणी जिल्ला (बारा, पर्सा लगायतका जिल्ला-प्रदेश २ ) मा आएको वितण्डा मच्चाउने छोटो समयको हावाहुरी (प्राकृतिक विपत्ति) का कारण त्यस क्षेत्रको जनजीवनमा परेको संकट, जनधनको क्षतिप्रति राष्ट्रिय जनमुक्ति पार्टी गहिरो दुःख व्यक्त गर्दछ। यस विपत्तिबाट दिवंगत हुनुहुने सबैमा पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र शोक सन्तप्त सबैमा हार्दिक समवेदना व्यक्त गर्दछ।
उक्त प्राकृतिक विपत्तिका कारण घाईते र घरबार विहिन भएकाहरूको राहतका लागि पार्टीले केन्द्रीय तहमा पनि व्यवस्थापनको तयारी गरीरहेकोले सम्पूर्ण नेतृत्व पङ्क्ति र देशविदेशमा रहनुभएका नेता तथा कार्यकर्ता, शुभचिन्तक सबैले राहत संकलनका लागि पार्टी संग हातेमालो गर्न अपील गर्दछौं ।  साथै, स्थानीय तहमा बसोबास गर्ने हाम्रो पार्टी नेता एवं कार्यकर्ताहरूबाट सक्दो मानवीय सहयोग पुरयाउन पार्टीले निर्देशन गर्दछ।
देशमा विपत्तिकोबेला सबैले जुटेर नेपाली जनता माथि आईपरेका संकटमा राहत पुरयाउनु सबै नेपालीको मानवीय दायित्व हो। नेपाली सुरक्षाकर्मीहरूको “क्वीकरेस्पोन्स” का लागि पार्टीले आभार व्यक्त गर्दै उच्च मनोबलका साथ अगाडि बढ्न प्रेरित गर्न चाहन्छ। नेपाल सरकारले यस विपत्तिमा जनतालाई प्रत्येक्ष महशुस हुनेगरी अविलम्ब राहत प्रदान गर्दै घाईतेहरुको सहज उपचार, वेघरबार भएका सबैको तत्काल बसोबास र खाद्यान्नको व्यवस्था गरोस्भन्ने पार्टीको जोडदार माग रहेकोछ।

के.पी.पालुङ्वा
अध्यक्ष