उपमहासचिव चेत ब.आले लाई केन्द्रीय सचिवालय प्रमुखको जिम्मेवारी

0
730

ज मिति २०८० भाद्र २० गते (सन् २०२३ सेप्टेम्बर ६ तारिख) का दिन राष्ट्रिय जनमुक्ति पार्टी केन्द्रीय कार्यालयमा संघीय सचिवालय सञ्चालन सम्बन्धी बैठक बसी केन्द्रीय सचिवालय सञ्चालन र व्यवस्थापन सम्बन्धी आवश्यक छलफल तथा निर्णय गरिएको छ ।

पार्टी विधानको धारा ३७.५ को उपधारा (१) अनुसार उपमहासचिव अधिवक्ता चेत ब. आलेको संयोजकत्व (जिम्मेवारी – केन्द्रीय सचिवालय प्रमुख) रहने गरी राष्ट्रिय जनमुक्ति पार्टी केन्द्रीय सचिवालय टीम निर्माण गरिएको हो । जसमा सदस्यहरु पार्टीका केन्द्रीय कार्यवाहक कोषाध्यक्ष डिके सूर्यवंशी, संघीय परिषद सदस्य अधिवक्ता जुजुकाजी महर्जन, जनमुक्ति युवा संघका केन्द्रीय उपाध्यक्ष राम ब. अस्लामीलाई केन्द्रीय सचिवालय टीममा चयन गरी जिम्मेवारी तोकिएको छ ।

बैठकले पार्टी उपाध्यक्ष काजीमान आत्रेयलाई केन्द्रीय सचिवालय टीमको मुख्य सहयोगी रहने व्यवस्था गरेको छ । पार्टी उपाध्यक्ष आत्रेयलाई सचिवालयको तर्फबाट गरिने कुटनीतिक सम्बन्ध विकासका लागि अगुवाई गर्ने जिम्मेवारी तोकिएको छ ।

छलफल बैठकको निर्णय अनुसार सचिवालय टीमका सदस्यहरु डिके सूर्यवंशीले केन्द्रीय कार्यालय सञ्चालनका लागि आर्थिक शाखा प्रमुख, अधिवक्ता जुजुकाजी महर्जनले उपत्यका केन्द्रित अभियन्ता/अभियान सञ्चालकहरुसंग पार्टीलाई जोड्ने गरी सम्बन्ध सम्पर्क शाखा प्रमुख, सदस्य राम ब.अस्लामीले आवश्यक सबैखाले सूचना संकलन एवं आदान प्रदान गर्ने गरी सूचना सम्पर्क शाखा प्रमुखको जिम्मेवारी निर्वाह गर्ने जिम्मेवारी तोकिएको छ ।

कार्यालय सहयोगी सञ्जय सिंजालीलाई सचिवालय सञ्चालनका लागि दैनिक प्रशासन सञ्चालन सहयोगी तथा कार्यालय रेखदेखको जिम्मेवारी प्रदान गरिएको छ ।
यस्तै गरी केन्द्रीय सचिवालयका मुख्य कार्यहरु पनि बैठकले निर्धारण गरेको छ । जस अनुसार १) सचिवालय मार्फत दैनिक कार्यालय सञ्चालन गर्ने, २) संघीय परिषदका पदाधिकारी तथा सदस्यहरु, प्रदेश समितिहरु, भातृ संगठन र केन्द्रीय विभागहरुको पाक्षिक रेकर्ड (अभिलेख) तयार गर्ने र अध्यावधी गर्ने, ३) केन्द्रीय कार्यालय सञ्चालनका लागि आर्थिक व्यवस्थापन गर्ने, ४) पार्टीको आधिाकारिक सञ्चार माध्यमहरु (वेभसाईट, फेसबुक पेज, ट्वीटर पेज, यूट्यूव पेज, समसामयिक प्रकाशन आदि) लाई व्यवस्थित गर्ने मुख्य भूमिका निर्वाह गर्ने, ५) समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल तथा अन्तरकृया कार्यक्रमको आयोजना गरी त्यसको प्रतिवेदन पार्टी नेतृत्व/सम्बन्धित विभाग वा संघीय परिषदलाई अगवत गराउने/बुझाउने, ६) कुटनीतिक सम्बन्ध विस्तारका लागि आधारभूत सहयोग गर्ने ।
यस्तै गरी केन्द्रीय कार्यालय सञ्चालन प्रयोजनका लागि ईच्छुक सहयोगीहरुबाट वार्षिक सहयोग संकलन गर्ने र सो रकम कारोबारका लागि सचिवालय प्रमुख उपमहासचिव अधिवक्ता चेत बहादुर आले र केन्द्रीय कार्यवाहक कोषाध्यक्ष आर्थिक शाखा प्रमुख धनकेशर सूर्यवंशी (डिके) को नाममा संयुक्त खाता सञ्चालन गर्ने समेतका विषयहरुमा गहन छलफलका साथ निर्णयहरु गरी बैठक समापन गरिएको थियो ।

पार्टीको केन्द्रीय सचिवालय सम्बन्धी निर्णयहरु सहितको रजिष्टर पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष केशव सूर्यवंशीले सचिवालय प्रमुख उपमहासचिव अधिवक्ता चेत बहादुर आलेलाई हस्तान्तरण गर्नु भयो ।