गत विहिबार (फागुन २६ गते) : नेपाली सार्वभौम सत्ता र नेपाली राष्ट्रियता माथि नै आँच आउने गरी कञ्चनपुरको पुनर्वास नगरपालिका, वार्ड नं. ८, जनकवस्ती ‘घ’ गाउँ, कार्गिल डाँडा, आनन्द बजार (दश गजादेखि २५० मीटर नेपाली भूमि) मा भारतीय प्रहरीद्वारा गोली प्रहार गरी नेपाली नागरिक गोविन्द गौतमको हत्या र नेपाल प्रहरीका सईलाई घाईते बनाएको घट्ना प्रति राष्ट्रिय जनमुक्ति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । भारतीय सिमा सुरक्षा बलद्वारा गरिएको यस जघन्य हत्याको हाम्रो पार्टीले निन्दा र भ्रत्सर्ना गर्दछ ।
छिमेकी मित्र राष्ट्रबाट अक्षम्य प्रभुत्ववाद लादिनु ज्यादै खेदजनक विषय छ । यस्ता घट्नाको जति निन्दा गरे पनि कमी नै हुन्छ । नेपाल सरकारको ध्यानाकर्षण भएको भएता पनि छिमेकीले हेपाहा प्रवृत्ति प्रवल बनाउँदै घटाएको यो घट्ना सम्बन्धमा गम्भीर क्षमायाचना गरिनु पर्दछ । साथै एउटा नेपालीलाई निर्मम गोली हानी मार्ने सम्मको घट्ना घटाउनेलाई कडा कारवाही गरिनु पर्दछ, यस घट्नाबाट मृत भएका प्रति सम्मान हुने, घाईतेको सम्पूर्ण उपचारको व्यवस्था र पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दछ । आगामी दिनमा यस्ता घट्नाहरु नदोहोरिन भारत सरकारले अविलम्ब प्रतिवद्धता जाहेर गरिनु पर्दछ । यसमा नेपाल सरकारले निरन्तर र कडा दवाब दिन पार्टी सरकारसंग माग गर्दछ । छिमेकीका यस्ता ज्यादती प्रति सजग र सचेत रहदै सार्वभौम सत्तामाथिको आक्रमण विरुद्ध भण्डाफोर गर्न सबै देशप्रेमी नेपालीहरु संग हामी हार्दिक अपील गर्दछौं ।
टोप अस्लामी
संघीय सञ्चार विभाग प्रमुख
राष्ट्रिय जनमुक्ति पार्टी