जनधनको क्षति प्रति गहिरो दुःख व्यक्त

जनधनको क्षतिको सरकारबाट उचित राहत प्रदान गरियोस् । बाढी पहिरोको कारणबाट विस्थापितहरुको लागि सरकारले अविलम्ब उचित पुनर्वासको व्यवस्था गरोस् ।

0
1147

हालै भएको बेमौसमी वर्षाका कारणबाट खाद्यान्न बाली (धान बाली) सहित देशको विभिन्न भागमा हुन गएको ठूलो जनधनको क्षति प्रति राष्ट्रिय जनमुक्ति पार्टीले गहिरो दुःख व्यक्त गरेको छ ।

“महासचिव टोप अस्लामीद्वारा आज (२०७८ कात्तिक ४ गते) जारी विज्ञप्ति”

देशैभरी धान बाली स्याहार्ने समयमा एकाएक भारी वर्षा हुँदा जनताको जीउधनको क्षति हुन पुगेको हो । यस प्रकारको क्षतिको सरकारबाट उचित राहत प्रदान गरिनु पर्नेमा पार्टीको जोडदार माग रहेको छ ।

बेमौसमी वर्षा र यस्तो खालको वर्षाका कारण उत्पन्न अवस्था सम्बन्धमा सरकारको उचित ध्यान नपुगेको तर्फ इङ्गित गर्दै पार्टी महासचिव टोप अस्लामीद्वारा आज (२०७८ कात्तिक ४ गते) जारी विज्ञप्तिमा उक्त माग गरिएको छ ।

यसका साथै बाढी पहिरोको कारणबाट विस्थापितहरुको लागि सरकारले अविलम्ब उचित पुनर्वासको व्यवस्था गर्न समेत पार्टीले माग गरेको छ ।