पदाधिकारी बैठक सम्पन्न

पदाधिकारी बैठक सम्पन्न

1827
0
SHARE

रास्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय पदाधिकारी बैठक रुपन्देही को बुटवलमा सम्पन्न भएको छ। पुष ४ र ५ गते बसेको सो बैठक ले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको समिकक्षा तथा पार्टी को आगामी कार्यदिशा बारे गम्भीर छलफल गरयो । पार्टीलाई सुदृढ़िकरण तथा ऊर्जाशील बनाऊनका लागि निकट भबिस्य मै बिशेष महाधिबेशन मा जानु नै उपयुक्त हुने ठहर गर्दै बिशेष महाधिबेशनको कार्यनीतिलाई सर्वोसम्मत रुपले पारित गरेको छ। यस सम्बन्धित बाँकि आगामी माघ ६-८ गते काठमाण्डौंमा बस्ने संघीय परिषद को बैठकले निर्णयहरू ग़र्नेछ । साथै, महाधिबेशन अगाडी नै पार्टी एकतामा आउन चाहने राजनीतिक दलहरु, समूहहरूलाई एकता र समायोजनका लागि पहल तथा आह्वान समेत ग़र्ने निर्णय गरियो । संघीय परिषद द्धारा गठित ७ वटै ब्यूरोहरूले पुष महिना भित्र आआफ़्नो प्रदेश भित्र प्रत्यक्ष उमेदवारहरू, समानुपातिक उमेदवारहरू, ज़िल्ला तथा क्षेत्रीय प्रतिनिधिहरू, र युवा विद्यार्थी तथा बुद्धिजीवीहरूको छुट्टा छुट्टै समीक्षा बैठक सम्पन्न गरि सक्ने समेत निर्णय गरिएको छ। पार्टीको २७ औं स्थापना दिवस संघीय परिषदले केन्द्रमा र ज़िल्ला तथा मातहतका समितिहरूले आ-आफ़नो स्थानमा मनाउने समेत निर्णय गरियो । पार्टी अध्यक्ष के.पी. पालुङ्वा ज़्यू को अध्यक्षतामा, पार्टी संस्थापक सदस्य तथा अनुगमन तथा मूल्यांकन बिभाग प्रमुख राम बहादुर तुम्बाम्फे ज्यूको बिशेष उपस्थिति, महासचिव केशव सूर्यवंशी को सहजीकरण, सचिव पदम जबेगुको संचालन र लुम्विनी इचार्ज होमाया गुरुङ्गको स्वागतमा सम्पन्न भएको थियो।