मित्र राष्ट्र भारत र भारतीय जनतामा शुभकामना व्यक्त

0
1832

मित्र राष्ट्र भारतको ७६औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा राष्ट्रिय जनमुक्ति पार्टीले भारतीय जनता र भारत सरकार प्रति मंगलमय शुभकामना व्यक्त गरेको छ । यस अवसरमा पार्टीका महासचिव एवं परराष्ट्र विभाग प्रमुख टोप अस्लामीले राष्ट्रिय जनमुक्ति पार्टी र नेपाली जनताको तर्फबाट भारत सरकारलाई एक शुभकामना पत्र पठाउनु भएको हो । भारत सरकार र समस्त भारतीय जनताले “आजादीका अमृत महोत्सव”को रुपमा आजको दिनलाई मनाईरहदा राष्ट्रिय जनमुक्ति पार्टी र नेपाली जनताको तर्फबाट समस्त भारतीय जनताको थप खुशी, समृद्धि साथै उत्तरोत्तर प्रगतिको कामना गरिएको छ ।

शुभकामनाको विस्तृत पाठ :

मंगलमय शुभकामना

मित्र राष्ट्र भारत स्वतन्त्र भएको ७५ वर्ष पुरा भएको शुभ अवसरमा हामी नेपाली जनता र राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट समस्त भारतीय जनतामा र भारत सरकारमा न्यानो सदभाव सहित मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
आजका दिन भारतवासीहरुले “आजादीका अमृत दिवस” को रुपमा मनाईरहदा हामी नेपाली जनता र राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट समस्त भारतीय जनताको थप खुशी, समृद्धि साथै उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।

टोप अस्लामी
महासचिव
(परराष्ट्र विभाग प्रमुख)