२८औं आदिवासी दिवसको शुभकामना

"उत्पीडितहरु/अधिकार विहिनहरु एक जुट भएर अगाडि बढ्ने सदप्रेरणा र उर्जा मिलोस्"

0
1771

राष्ट्रिय जनमुक्ति पार्टीले २८औं विश्व आदिवासी दिवसको अवसरमा स्वदेशमा साथै विदेशमा रहनु हुने सम्पूर्ण आदिवासी जनसमुदायहरुका साथै सबै न्यायप्रेमी जनसमुदायहरुमा सुस्वास्थ्य, सुचेतना र प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ ।
राष्ट्रिय जनमुक्ति पार्टीका उपाध्यक्ष एवं केन्द्रीय सञ्चार विभाग प्रमुख बलदीप राईले पार्टीको तर्फबाट एक वक्तव्य जारी गर्दै शुभकामना व्यक्त गर्नु भएको हो । यस दिवसको सन्दर्भमा केही दिन अगाडिदेखि नै विश्वका आदिवासी समुदायहरुले विभिन्न रचनात्मक कार्यक्रम पनि सम्पन्न गर्दै आएका छन् र हाम्रो देश नेपालमा पनि त्यस्ता कार्यक्रमहरु सम्पन्न भएका समाचारहरु आईरहेका छन् । सबै आदिवासी जनजातिहरु एक ठाउँ भेला भएर विभिन्न कोणबाट हुने छलफलले समाज र राष्ट्र निर्माणका सन्दर्भमा थप टेवा पुरयाउनेछ भन्ने हामीले ठानेका छौं – वक्तव्यमा भनिएको छ । आज मिति २०७९ साउन २४ गते (९ अगष्ट, २०२२) विश्वभरीका आदिवासी समुदायहरुले मनाउँदै आएको २८औं विश्व आदिवासी दिवसको दिन हो ।

शुभकामना वक्तव्यको पूर्ण पाठ :

हार्दिक शुभकामना ।

आज विश्वभरीका आदिवासी समुदायहरुले २८औं विश्व आदिवासी दिवसको दिन हो । २८औं विश्व आदिवासी दिवसको अवसरमा स्वदेशमा साथै विदेशमा रहनु हुने सम्पूर्ण आदिवासी जनसमुदायहरुका साथै सबै न्यायप्रेमी जनसमुदायहरुमा सुस्वास्थ्य, सुचेतना र प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
यस दिवसको सन्दर्भमा केही दिन अगाडिदेखि नै विश्वका आदिवासी समुदायहरुले विभिन्न रचनात्मक कार्यक्रम पनि सम्पन्न गर्दै आएका छन् र हाम्रो देश नेपालमा पनि त्यस्ता कार्यक्रमहरु सम्पन्न भएका समाचारहरु आईरहेका छन् । सबै आदिवासी जनजातिहरु एक ठाउँ भेला भएर विभिन्न कोणबाट हुने छलफलले समाज र राष्ट्र निर्माणका सन्दर्भमा थप टेवा पुरयाउनेछ भन्ने हामीले ठानेका छौं ।
नेपालमा लिने ठाउँमा गुज्रीरहन बाध्य पारिएका सम्पूर्ण आदिवासी जनजातिहरु लगायत समस्त उत्पीडित जाति समुदाय र लिङ्ग, क्षेत्रमा विद्यमान असमानता र व्यथितिको अन्त्यका लागि राष्ट्रिय जनमुक्ति पार्टी विगत तीन दशकदेखि निरन्तर संघर्षशिल छ । न्याय र समानताका पक्षधर जाति, समुदाय, वर्ग, लिङ्ग, क्षेत्र सबैको अटल माया र विश्वासका कारण हामीले तीन दशकको यात्रालाई पार गर्न सफल भएका छौं र न्याय, समानता र मुक्तिको संघर्षमा अनुभव र ज्ञानले पनि सिञ्चित हुँदै अगाडिको बाटोलाई शसक्त रुपमा तय गर्ने चरणमा आईपुगेका छौं । हाम्रा कतिपय कमीकमजोरीलाई सुधार्दै देशमा व्याप्त व्यथिति र असमानतानको विरुद्धमा न्याय, शान्ति र स्थायित्व, अधिकार र विकास सहितको प्रतिबद्धता पुरा गर्नका लागि राज्यको निकायमा जातीय समानुपातिक प्रतिनिधित्वको मूल नारा सहित राष्ट्रिय जनमुक्ति पार्टी निरन्तर संघर्षशिल रहेको व्यहोरा पनि सबैमा जानकारी गराउन चाहन्छौं ।
नेपालको राज्यव्यवस्था र सत्ताले आदिवासीहरुलाई झनै किनारामा पुरयाउने जोडबल गरीरहेको छ । संवैधानिक रुपमा प्राप्त आरक्षणको अधिकारलाई सर्वोच्च अदालतको बलमा खारेज गरिएको छ । हाम्रा साँस्कृतिक रोमाञ्चकता र संरक्षणका अवयवहरु छिटफुट सतहमा आएपनि राज्य व्यवस्थामा हाम्रा प्रतिनिधित्वको सुनिश्चितता नै प्रमुख कुरा हो । यस तर्फ अली गम्भीर रुपमा चिन्तन मनन र हातेमालो गर्ने वातावरणको निर्माण र समाज र देशको आवश्यक परिणामका लागि उत्पीडितहरु/अधिकार विहिनहरु एक जुट भएर अगाडि बढ्ने सदप्रेरणा र उर्जा मिल्दै जाओस् । राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट सबै जनमा मंगलमय शुभकामना ।

बलदीप राई
(केन्द्रीय सञ्चार विभाग प्रमुख)