रुकूम पश्चिमको चौरज़हारी जघन्य सामूहिक हत्याकाण्ड निन्दनीय

निहत्था समूहमाथि स्थानीय व्यक्तिहरूले हातहतियार सहित ज़ुन पाशविक ढंगले जाईं लागे र सामूहिक हत्याकाण्ड मच्चाए त्यसले समाजलाई बर्बरता तर्फ़ धकेल्ने काम गरेको छ ।

0
1232

ज़ेठ १० गते रुकूम पश्चिमको चौरज़हारी क्षेत्रमा भएको जघन्य सामूहिक हत्याकाण्डको घटनाले राष्ट्रिय जनमुक्ति पार्टीलाई स्तब्ध बनाएको बताएको छ। यस जघन्य अपराध सम्बन्धमा पार्टीले आज जेठ १४ गते एक प्रेष विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा “अन्तरजातीय सम्बन्धको विरोध”को नाऊँमा स्थानीय व्यक्तिहरूद्वारा भए/ग़रिएको यस घटनाले, समाजमा रहेको पाशविक चरित्र, कथित उच्च जातीय अहंकारुको पराकाष्ठा र राज्य पक्षको ‘निरीह उपस्थिति’को यथार्थलाई समेत उजागर गरेको छ बताईएको छ । एक्काईसौ शताब्दी अनि संघीय लोकतांत्रिक गणतंत्रात्मक युगमा अघि बढ़ीरहेको नेपाल र नेपालीको लाग़ि यो घटनाक्रम मानवीयता माथिको कलंक अनि राष्ट्रिय लज्जाको साथै सामाजिक न्यायको लाग़ि समेत गम्भीर एवं ठाडो चूनौति भएको पार्टीले ठहर गरेको छ।
पार्टी महासचिव केशव सूर्यवंशीले आज जेठ १४ गते एक प्रेष विज्ञप्ति जारी गर्दै यस घटनाक्रमको उच्चस्तरीय एवं निष्पक्ष छानविन गरी दोषीहरूलाई हदै सम्मको दण्ड सजाय र पीड़ित परिवारलाई उचित सदभाव र सान्त्वनाको लाग़ि सरकारले तत्काल प्रभावकारी क़दम चालोस भनी राष्ट्रिय जनमुक्ति पार्टी जोड़दार माग गरेको बताउनु भएको छ ।