१२ औं गणतन्त्र दिवसको शुभकामना ।

"संविधान (२०७२ लाई देशको बहुजातीय, बहुभाषी, बहुसांस्कृतिक एवं बहुधार्मिक विशेषता अनुरूप सबैले अपनत्व महशुुस हुने गरी "राष्ट्रिय एकताको दस्तावेज"को रुपमा स्थापित गर्ने हो भने संविधानको आधारभूत संशोधन (पुनर्लेखन) नै सही राजनीतिक विकल्प हो भन्ने राष्ट्रिय जनमुक्ति पार्टीको अवधारणा पनि यहाँ स्मरण गराउन चाहन्छौं ।"

0
1328

राष्ट्रिय जनमुक्ति पार्टीले जहानियाँ राणा शासनको अन्त्य गर्ने देखि आजको संघीय लोकतांत्रिक गणतन्त्रको अबस्था सम्म आइपुग्ने क्रममा निस्वार्थ त्याग, तपस्या र जीवनकै बलिदान दिने सम्पूर्ण ज्ञात अज्ञात शहीद एवम् अग्रजहरू प्रति उच्च सम्मान प्रकट गर्दै १२औं गणतन्त्र दिवस (जेठ १५) को अवसरमा स्वदेश तथा विदेशमा बस्ने नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेको छ ।

गणतन्त्र दिवस २०७७ (जेठ १५ गते) को उपलक्ष्यमा पार्टी अध्यक्ष केपी पालुङवाले शुभकामना व्यक्त गर्दै संघीय लोकतांत्रिक गणतन्त्रको लामो लड़ाईको प्रतिफलको रुपमा संबिधान-२०७२ आएको भएता पनि विभिन्न आन्दोलन, संघर्ष र बलिदानको उपलब्धीको रुपमा आएको “अन्तरिम संविधान-२०६३” को मूल मर्म, उपलब्धी र राजनीतिक आकांक्षालाई वर्तमान संबिधानले अग्रगामी रूपमा स्वामित्व लिन नचाहदा वा नसक़्दा देशको संविधान-२०७२ वास्तविक अर्थमा ‘राष्ट्रिय एकताको दस्ताबेज़’ बन्न नसकेको अबस्था छ, जसले गर्दा संघीय लोकतांत्रिक गणतन्त्रको यात्रालाई चूनौतिपूर्ण बनाएको बताउनु भएको छ । उहाँले शुभकामनामा “संविधान (२०७२ लाई देशको बहुजातीय, बहुभाषी, बहुसांस्कृतिक एवं बहुधार्मिक विशेषता अनुरूप सबैले अपनत्व महशुुस हुने गरी “राष्ट्रिय एकताको दस्तावेज”को रुपमा स्थापित गर्ने हो भने संविधानको आधारभूत संशोधन (पुनर्लेखन) नै सही राजनीतिक विकल्प हो भन्ने राष्ट्रिय जनमुक्ति पार्टीको अवधारणा रहेको पनि स्मरण गराउनु भएको छ ।”

१२औं गणतन्त्र दिवसले विगत १२ बर्षको अभ्यास र अनुभवबाट शिक्षा लिंदै आगामी दिनको गणतान्त्रिक यात्रालाई सरल, मितब्ययी एवं उत्साहबर्धक रुपमा अगाड़ि बढाउने प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत शुभकामनामा व्यक्त गरिएको छ ।