संघीय परिषदको पहिलो बैठक सम्पन्न

"जनता जागौं अभियान" सञ्चालन गर्ने

0
805

राष्ट्रिय जनमुक्ति पार्टीको छैंठौं राष्ट्रिय महाधिवेशन (२०७८ भदौ २७–२९, धरान सुनसरी) ले निर्वाचित गरेको संघीय परिषद (केन्द्रीय समिति) को पहिलो बैठक मिति २०७८ कात्तिक २७ र २८ गते अध्यक्ष खड्ग प्रसाद (केपी) पालुङ्वा ज्यूको अध्यक्षतामा काठमाडौंमा बस्यो । बैठकमा मूलुकको समसामयिक राजनीति र साँगठनिक विषयमा व्यापक रुपमा छलफल भएको छ ।
बैठकले समसामयिक राजनीतिक घट्नाक्रमलाई मध्येनजर राख्दै सर्वोच्च अदालत (न्यायालय/न्यायक्षेत्र) मा भईरहेको चरम विवादका कारण उत्पन्न घट्नाक्रम प्रति राष्ट्रिय जनमुक्ति पार्टीको गम्भीर ध्यानाकर्षण भएको निष्कर्ष निकाल्यो । यस घट्ना सम्बन्धमा विगतदेखि वर्तमान सम्म सत्तासिन राजनीतिक दलहरु विशेष जिम्मेवार रहेको ठहर गर्दै अविलम्ब संसद बैठक डाकेर न्याय क्षेत्रमा चरम विवादका कारण उत्पन्न देखिएको अस्तव्यस्तताको निरुपण गर्नुपर्ने धारणा सार्वजनिक गरेको छ ।
अर्को महत्वपूर्ण निर्णय ‘जनता जागौं अभियान’ सञ्चालन गर्ने पार्टी निर्णय भएको छ । वर्तमान राजनीतिक व्यथिति विरुद्धमा जनतालाई जागरुक/संगठित/आन्दोलित गर्नका लागि अन्तरकृया/अन्तरसम्वाद, भेटघाट-प्रशिक्षण-संगठन र सभा सम्मेलन गर्ने गरी मिति २०७८ मंसिर २१ गतेदेखि २०७८ फागुन २० गते (तीन महिना) सम्म “जनता जागौं अभियान” सञ्चालन गर्ने निर्णय भएको छ । यस सम्बन्धमा आवश्यक निर्देशिका मातहतका समितिहरुमा पठाईनेछ । साथै, अधिवेशनको लागि अवधी पुगेका मातहतका समितिले यसै अवधीमा आ–आफ्नो समितिको अधिवेशन अनिवार्य सम्पन्न गर्नुपर्ने निर्देशन पनि जारी भएको छ ।
यस्तै गरी राजनीतिक एवं साँगठानिक जिम्मेवारी वहन गर्नका लागि संघीय परिषद सदस्यहरुबाट स्वेच्छिक रुपमा आ–आफ्नो कार्यक्षेत्र चयन भएको छ । पार्टी कार्यविधि नियम र आचार संहिता–२०६३ (पहिलो संशोधन) लाई प्राविधिक र सामान्य संशोधन सहित पारित गरिएको छ । कोषाध्यक्ष मान ब.राईद्वारा प्रस्तुत ‘अर्थ तथा कोष व्यवस्थापन सम्बन्धी प्रस्ताव’लाई सुझाव सहित पारित गरिएको छ । यस सम्बन्धमा विस्तृत विवरण ‘पार्टी कार्यविधि नियम र आचार संहिता’ मा उल्लेख गरिनेछ ।
पेट्रोलियम पदार्थ, ग्याँस लगायतका ईन्धनमा राज्यले गैरजिम्मेवार ढङ्गबाट पटकपटक मूल्य वृद्धि गरी रहेकोमा पार्टीले घोर विरोध जनाएको छ । जनजीवनमा प्रत्येक्ष रुपमा असर गर्ने यस प्रकारको मूल्य वृद्धि अविलम्ब फिर्ता लिईनु पर्नेमा पार्टीको जोडदार माग रहेको छ ।
बैठकले पार्टीको संघीय परिषदमा केही पदहरु परिपूर्ति समेत गरेको छ । जस अनुसार संघीय परिषदको सहकोषाध्यक्षमा धनकेशर सूर्यवंशी (काठमाडौं), सचिवमा पूर्ण ब.राना (तनहूँ), संघीय वरिष्ठ सदस्यमा क्रमशः हस्त बहादुर थापा (तनहुँ), संघीय परिषद सदस्यमा क्रमशः ज्ञान ब. गुरुङ्ग (चितवन), मे.खेम ब.गुरुङ्ग (तनहुँ), दिपेन्द्र कुमार राई (झापा), सागरनाथ रेग्मी (तेह्रथुम), नानुमाया थापा (सोलुखुम्बु), एस.के.महर्जन (ललितपुर), ललित थेवे (इलाम), विष्णु राजवंशी (झापा), नक्कल सिंह माझी (सिन्धुली), रितामाया सुब्बा (झापा), त्यस्तैगरी संघीय महासभा सदस्यमा नर बहादुर ठाडा (नवलपरासी – बर्दघाट सुस्ता पूर्व), सौकत अली (रुपन्देही), लाई मनोनित गरिएको छ । साथै संघीय परिषद सदस्य हुम ब.थापालाई प्रवास विभागको प्रमुखको जिम्मेवारी तोकिएको छ । साथै, पार्टीले शिर्ष नेतृत्वहरु क्रमशः पार्टी संस्थापक एवं निवर्तमान केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिका संयोजक राम ब.तुम्बाहाम्फे, वरिष्ठ नेता देव कुमार (डिके) बुद्धिष्ट तामाङ्ग, पूर्व वरिष्ठ केन्द्रीय उपाध्यक्ष यम ब.बुढाथोकी र पूर्व सल्लाहकार क्या.दुर्गा प्रसाद गुरुङ्ग ज्यूलाई केन्द्रीय सल्लाहकार परिषदमा मनोनयन गरेको छ । रिक्त पदमा आवश्यक परिपूर्ति क्रमशः गर्दै लगिने भएको छ ।
पार्टीको केन्द्रीय कार्यालयमा कार्यालय सजावट अन्तर्गत फर्निचर व्यवस्था गर्नका लागि रुपन्देही जिल्ला समितिले साठी हजार रुपैंयाको कुर्ची, टेबल सौजन्य प्रदान गरेकोमा संघीय परिषद्ले जिल्ला समिति, रुपन्देहीलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ । पार्टीको नाममा नेपाल राष्ट्र बैंक, जावलाखेल, ललितपुरमा रहेको बैंक खातालाई नै निरन्तरता दिने र सो खाता परिचालनका लागि पूर्वकोषाध्यक्ष डब ब.गर्बुजा पुन मगरको सट्टामा नवनिर्वाचित कोषाध्यक्ष मान ब.राईको हस्ताक्षर कायम गर्ने र बाँकी दुई जनाको नामावली पूर्ववत नै रहने निर्णय पनि गरेको छ ।

बैठकले पार्टी संस्थापक महासचिव गोरे ब.खपाङ्गी ज्यूको धर्मपत्नी विद्या खपाङ्गी (काठमाडौं), पार्टीका पूर्व सल्लाहकार क्या.गजरधन तिगेला (बेलायत), संघीय महासभा सदस्य लेफ्टिनन्ट हरिलाल देवान (दमक झापा), संघीय महासभा सदस्य नर बहादुर यङयाङ (फाईवाली) (अर्जुनधारा, झापा), पूर्व केन्द्रीय सहअध्यक्ष गोर्खा मेजर श्रवण कुमार लिम्बु (धरान, सुनसरी), सूर्यलाल गुरुङ्ग (रुपन्देही), संघीय महासभा सदस्य क्या. भीम ब. थापा (रुपन्देही), संघीय महासभा सदस्य क्या.पृथ्वी ब. थापा (रुपन्देही) र बुटवल उपमहानगरपालिका ८ का संस्थापक लाल ब. थापाको निधन भएकोमा पार्टी स्तब्ध भएको छ । बैठकले दिवंगतहरुको निर्वाण प्राप्तिको लागि कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।