पार्टी स्थायी समितिको जुम भर्चुअल बैठक सम्पन्न

कोरोना भाईरसको महामारीसंग लडन 'सर्वपक्षीय विशेष संयन्त्र' बनाएर अगाडि बढन सरकारसंग माग । देशको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै छैंठौं राष्ट्रिय महाधिवेशन हाललाई स्थगित ।

0
1355

राष्ट्रिय जनमुक्ति पार्टी, स्थायी समितिको विस्तारित बैठक अध्यक्ष श्री केपी पालुङवाकाे अध्यक्षतामा मिति २०७८ बैशाख ३१ गतेका दिन जुम भर्चुअल बैठकको रुपमा बस्यो । कोरोना भाईरसको महामारीका कारण वर्तमानमा भएको असहज परिस्थितिमा “जुम भर्चुअल बैठक”को रुपमा बैठक बसेको हो । देशको समसामयिक राजनीतिक अवस्था, पार्टीको छैंठौं राष्ट्रिय महाधिवेशन, कोरोना भाईरसको महामारीले समाज र जनतामा पर्न गएको असर र त्यस सम्बन्धमा पार्टीले गर्न सक्ने सम्भावित कार्य बारेमा बैठकमा छलफल भएको थियो । बैठकले गरेका मुख्य निर्णयहरुलाई विज्ञप्ति मार्फत पनि जानकारी गराईएको छ ।

(अध्यक्ष केपी पालुङवा स्थायी समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै दायाँ र बाया जनमुक्ति मन्च साउदी अरबका अध्यक्ष दुर्गा आले)

बैठकले कोभिड १९ को महामारीबाट देश र जनतालाई बचाउनका लागि राज्यस्तरबाट कुनै ठोस एवं प्रभावकारी भुमिका निर्वाह नभएकोमा खेद प्रकट गर्नुका साथै विशेषतः संसदमा रहेका दलहरु आ–आफनो दलीय एवं गुटगत स्वार्थमा लिप्त भई राष्ट्रिय समस्याप्रति वेखबर र उदासिन व्यवहार प्रकट गर्नु घोर निन्दनीय भएको ठहर गरेको छ । कोभिड १९ ले सृजना गरेको राष्ट्रिय समस्या विरुद्ध लडनका लागि दल तथा सामाजिक संघसंस्थाका प्रतिनिधि सम्मिलित ‘विशेष संयन्त्र’ केन्द्रदेखि स्थानीय तह सम्म तत्काल गठन गर्न पार्टीले पुनः सरकारसंग माग गरेको छ ।

(पार्टी महासचिव केशव सुर्यवंशीले विस्तारित बैठकमा उठेका विषयहरुको संश्लेषण प्रस्तुत गर्दै हरियो घेरामा रहेको फोटो)


पार्टीले राष्ट्रिय विपदमा सक्दो कार्य गर्दै आईरहेको सन्दर्भमा कोभिड १९ का कारणले भईरहेको दुःख, कष्ट र समस्या निवारणका लागि जनतालाई सम्भव भएसम्मको सेवा र सहयोग तथा सहकार्यका लागि पार्टी केन्द्रदेखि स्थानीय तहसम्मका पार्टी समिति र भातृ संगठनहरुलाई बैठकलले निर्देशन गरेको छ ।
यसैबीच यही २०७८ जेठ ५–७ गते (धरान, सुनसरी) मा सम्पन्न गरिने गरी तय गरिएको राष्ट्रिय जनमुक्ति पार्टीको छैंठौं राष्ट्रिय महाधिवेशन देशको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै अर्को मिति पछि तोकिने गरी हाललाई स्थगित गरिएको छ । तर देशको परिस्थिति सहज हुना साथ पार्टीको छैंठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरिने बैठकले निर्णय गरेको छ ।

स्थायी समिति बैठकमा संघीय परिषदका सदस्यहरु, पार्टीका जनसंगठन/भातृसंगठनका केन्द्रीय अध्यक्षहरु, जनमुक्ति मन्चका अध्यक्षहरुलाई आमन्त्रित सहभागीको रुपमा सहभागी गराईएको थियो ।