राष्ट्रिय जनमुक्ति पार्टीका ताजा निर्णयहरु

मुख्य कार्यदिशा सातौं राष्ट्रिय महाधिवेशन ; पार्टी कार्यकारी अध्यक्ष केशव सूर्यवंशीको संयोजकत्वमा अधिकार सम्पन्न “सातौं राष्ट्रिय महाधिवेशन, मूल आयोजक समिति” गठन

0
799

राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय कार्यालय, काठमाडौंमा यही मिति २०८० फागुन २८ र  २९ गते सम्पन्न केन्द्रीय कार्य सम्पादन समिति साथै संघीय परिषद (केन्द्रीय समिति) को बैठकले गरेका महत्वपूर्ण निर्णयहरुलाई प्रेष विज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ । पार्टी महासचिव टोप अस्लामीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेखित विवरणहरु बुँदागत रुपमा निम्नानुसार रहेको छ ।

) मिति २०८१ बैशाखमा गर्ने निर्णय भएको पार्टीको सातौं राष्ट्रिय महाधिवेशन विविध कारणले आगामी ०८१ मंसिर ६, ७ र ८ गते भब्यताका साथ सम्पन्न गर्ने निर्णय गरिएको छ । महाधिवेशन स्थानको रूपमा कास्की (पोखरा) लाई पहिलो प्राथमिकतामा राखिएको छ । बैठकले पार्टी कार्यकारी अध्यक्ष केशव सूर्यवंशीको संयोजकत्वमा अधिकार सम्पन्न सातौं राष्ट्रिय महाधिवेशन, मूल आयोजक समिति गठन गरिएको छ ।

) हाल स्थगित रहेको पार्टीको विधान गोष्ठी ०८१ बैशाखको २९ ३० गते, चितवन, भरतपुरमा सम्पन्न गरिनेछ ।

) देशमा हालै भएको सरकार परिवर्तनको घटनाक्रम, देश र जनताको हितमा नभई नितान्त दलगत स्वार्थ र सत्तालिप्साको परिणाम भएको पार्टीले ठहर गरेको छ । मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउने यस प्रकारका काम कारवाहीको पार्टीले निन्दा गर्दछ

४) अन्तर्राष्ट्रिय जगतमा क्रमशः बढीरहेको असहिष्णुता, युद्ध उन्माद उन्मुख घटनाक्रम र त्यसले निम्त्याएको अस्थिरता, अशान्ति र गम्भीर मानवीय समस्याबारे पार्टीले चासो र चिन्ता प्रकट गरेको छ । साथै, समस्याको शान्तिपूर्ण समाधान खोज्नका लागि सम्बन्धित सबैलाई पार्टी आव्हान गर्दछ ।

५) देश र जनताको हितका लागि जनसरोकारका विभिन्न विषयमा केन्द्रित रहेर पालिका, जिल्ला, प्रदेश र केन्द्रीय तहबाट समेत जनपरिचालन तथा शान्तिपूर्ण संघर्षको कार्ययोजना तयार गर्नका लागि केन्द्रको तर्फदेखि तत्काल प्रशिक्षण सञ्चालन गरिनेछ

६) पार्टी उपमहासचिव गङ्गा थापा (खासु) ले अन्य पार्टीमा प्रवेश गरेको पुष्टी हुन आएकोले निजलाई पार्टीका सबै जिम्मेवारी सहित साधारण सद्स्यता समेतबाट निष्काशन गर्ने निर्णय गरिएको छ

७) देशको विभिन्न साँस्कृतिक क्षेत्रहरुमा सरकारद्वारा विभिन्न बहानामा गरिएको अतिक्रमण साथै व्यापारीकरणको पार्टीले विरोध गर्दछ । यसै सन्दर्भमा ताप्लेजुङको मुक्कुमलुङ क्षेत्र संरक्षणका लागि स्थानीय जनताले गर्दै आएको आन्दोलनप्रति पार्टीले ऐक्यबद्धता जाहेर गर्दछ ।

टोप अस्लामी

महासचिव

विज्ञप्तिको पूर्ण पाठ :