एमसीसी खारेज गराउन रुपन्देहीमा जनमुक्तिको विरोध सभा सम्पन्न

"फागुन १२ गते एमसीसी खारेजीको माग गर्दै प्रदेश १ (किराँत लिम्बुवान खम्बुवान) बन्द"

0
749
“रयाली पछि ट्रफिक चोकमा सभामा परिणत हुने”

यही फागुन १० गते राष्ट्रिय जनमुक्ति पार्टी, रुपन्देहीले बुटवलमा एमसीसी विरुद्धमा विरोध तथा खबरदारी सभा भव्य रुपमा सम्पन्न गरेको छ । सो विरोध तथा खबरदारी सभालाई पार्टीका केन्द्रीय सचिव मोजीब अलीले सम्बोधन गर्नु भएको थियो । उहाँले एमसीसी सम्झौतालाई संसदबाट पारित गर्ने गरी संसदमा प्रवेश गराई देशलाई थप जञ्जालमा फसाएको बताउनु भएको छ ।

“केन्द्रीय सचिव मोजीव अली विरोध तथा खबरदारी सभालाई सम्बोधन गर्दै ।”

सचिव अलीको जोड थियो “नेपालको सार्वभौमसत्तालाई चूनौति दिने एमसीसी कुनै पनि हालतमा खारेज हुनु पर्छ । मित्र राष्ट्र अमेरिका, अमेरिकी जनताको हामीले विरोध गरेका होईनौ तर हाम्रो राष्ट्रिय स्वाधीनमाथि मित्रहरुले आँच पुरयाउनु राम्रो होईन । एउटा आवरणमा हामीलाई दीघृकालिन रुपमा चेपुवामा पार्ने मनसाय र हर्कत तुरुन्त बन्द हुनु पर्दछ ।” सत्ताधारी दल र तिनका नेताहरु एमसीसीका मतियार भई जनता भाँड्ने काम भएको छ – “उहाँले जिकिर गर्नु भयो ।”

कार्यक्रममा लुम्बिनी/लुथम प्रदेश अध्यक्ष झम बहादुर गुरुङ्गले एमसीसी जस्तो मुद्दा नेपालीको थाप्लोमा थोपरेर एमाले–काँग्रेस–माओवादी–जसपा जस्ता दलहरुले जनतालाई चरम धोखा दिएको औंल्याउनु भयो । त्यस्तै जनमुक्ति युवा महासंघका केन्द्रीय अध्यक्ष शंकर गाहाले युवाहरुलाई देश निर्माणमा उत्प्रेरित गर्ने गरी सरकारले सृजनशिल अभियान ल्याउनु पर्नेमा उल्टै युवाहरुलाई दलाली गर्न उद्देलित गरीरहेको विश्लेषण गर्नु भयो ।

रयाली अगाडि अगाडि स्वयमसेवी ।

बुटवलको लखन चौराहाबाट भव्यउ रयाली सहित अगाडि बढीरहदा सहभागीहरुले देश र जनताको पक्षमा NO MCC, विदेशी हस्तक्षेप बन्द गर, राष्ट्रिय अस्मिता कायम गर, नेपालको सार्वभौमसत्तालाई चूनौति दिने MCC सम्झौता खारेज गर, दलाली तन्त्र र कमिशनतन्त्रको अन्त्य हुनै पर्छ, भ्रष्टाचार राष्ट्रिय अपराध हो, जनतामारा मूल्य वृद्धि र महङ्गी नियन्त्रण गर, विदेशी दलाल मुर्दावाद, राष्ट्रिय जनमुक्ति पार्टी जिन्दावाद, हाम्रो आन्दोलन जारी छ जस्ता नाराहरु समेत लगाएका थिए ।

कार्यक्रम राष्ट्रिय जनमुक्ति पार्टी, बुटवल नगर समितिको व्यवस्थापनमा र जिल्ला अध्यक्ष प्रेम थापा मगरको सभापतित्वमा सम्पन्न भएको थियो ।

यसैबीच रुपन्देहीकै मंगलापुरमा पनि एमसीसी खारेजीको माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टी, तिलत्तोमा नगर समितिले पनि विरोध तथा खबरदारी सभा सम्पन्न गरेको छ । सभालाई पार्टी सविच गीता सारु, जनमुक्ति युवा महासंघका केन्द्रीय उपाध्यक्ष राम अस्लामी (रोशन) साथै स्थानीय नेतृत्वहरुले सम्बोधन गर्नु भयो ।

“केन्द्रीय सचिव गीता सारु विरोध तथा खबरदारी सभालाई सम्बोधन गर्दै ।”
“जनमुक्ति युवा महासंघका केन्द्रीय उपाध्यक्ष राम अस्लामी (रोशन) खबरदारी गर्दै ।”

तिलत्तोमा नगरभित्र पार्टीले यही माघ २६ गतेदेखि एमसीसी विरुद्धमा १५ दिने कार्यक्रम सञ्चालन गर्दै आएको थियो । राष्ट्रिय जनमुक्ति पार्टी, तिलत्तोमा नगर समितिका अध्यक्ष भोम बुढा मगरका अनुसार एमसीसी विरुद्धमा त्यस नगरका वडाहरुमा समेत कोण सभाहरु सम्पन्न भएका छन् । एमसीसी विरुद्धमा जनताको हस्ताक्षर लिने कार्य पनि भएको छ । पार्टीले सञ्चालन गरेको जनता जागौं अभियान अन्तर्गत एमसीसी विरुद्धको कार्यक्रम सम्पन्न गरिएको हो ।

“राष्ट्रिय जनमुक्ति पार्टी, तिलोत्तमा नगर अध्यक्ष भोम बुढा कार्यक्रमको समापन गर्दै ।”

एमसीसी विरुद्धमा सुनसरीको धरानमा पनि संयुक्त रुपमा विरोध रयाली र सभा सम्पन्न भएको छ । यसैबीच किराँत लिम्बुवान खम्बुवान प्रदेश समितिले फागुन १२ गते एमसीसी विरुद्धमा एक दिने बन्द कार्यक्रमको आयोजना गरेको बताएको छ ।

केन्द्रीय सचिव विष्णु थाम्देन, संघीय परिषद सदस्य राजेश राई र जनमुक्ति युवा महासंघका केन्द्रीय कोषाध्यक्ष सहित धरानमा ।

राष्ट्रिय जनमुक्ति पार्टीले एमसीसी खारेजीको माग नीतिगत रुपमै उठाउँदै आएको छ । यस पार्टीले एमसीसी खारेजीका लागि विभिन्न तहमा विरोध कार्यक्रम गर्दै आएकोमा यही फागुन ८ गतेका दिन माईतीघर मण्डला (काठमाडौं) मा एक विरोध कार्यक्रम सम्पन्न गरीसकेको छ भने केन्द्रको तर्फबाट पनि थप कार्यक्रमरु सम्पन्न गर्दै जाने योजना रहेको छ ।
यसैबीच संघीय परिषदको दोश्रो बैठक (फागुन ४ र ५) सम्पन्न गरीसकेपछि पार्टीले एमसीसी खारेजीका लागि पुनः आन्दोलित हुने निर्णय लिएको छ । यसै सन्दर्भमा प्रदेश तह र जिल्ला जिल्लामा पनि एमसीसी विरुद्धमा शान्तिपूर्ण रयाली सहित विरोध तथा खबरदारी सभाहरु सम्पन्न गर्ने कार्यलाई तीव्र बनाउदै लगिएको छ ।

विरोध तथा खबरदारी सभाको सन्दर्भका केही थप तस्वीरहरु :-