एमसीसी खारेजीका लागि राजधानीमा विरोध सभा

फागुन १६ (फेब्रअरी २८, २०२२) सम्म एमसीसी विरुद्धमा जनमुक्तिको निरन्तर र शसक्त विरोध कार्यक्रम ।

0
722
“पार्टी महासचिव टोप अस्लामी विरोध सभालाई सम्बोधन गर्दै”

राष्ट्रिय जनमुक्ति पार्टीले आज राजधानी काठमाडौंमा एमसीसी खारेजीको लागि भन्दै विरोध सभा सम्पन्न गरेको छ । पार्टी संघीय परिषद (केन्द्रीय समिति) को आयोजनामा माईतीघर मण्डलामा सो विरोध सभा कार्यक्रम सम्पन्न गरिएको हो ।

“सचिव मोजीव अली विरोध सभालाई सम्बोधन गर्दै”

पार्टी महासचिव टोप अस्लामीको संयोजकत्वमा आयोजना गरिएको सो कार्यक्रममा पार्टीका सचिवहरु मोजीव अली, गजेन्द्र आङबुहाङ्ग र पूर्ण ब. रानाले सम्बोधन गर्नु भएको थियो ।

मित्र राष्ट्र अमेरिकाले एमसीसी परियोजना जबर्जस्त लागु गर्न दिएको दवाब प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको पार्टी महासचिव टोप अस्लामीले बताउनु भयो । यसको तत्काल विरोध गर्न पार्टीले संघीय परिषदको दोश्रो बैठकबाट निर्णय गरेकोमा आज एमसीसी खारेजीका लागि विरोध सभा सम्पन्न गरिएको महासचिव अस्लामीको भनाई छ ।

“सचिव गजेन्द्र आङबुहाङ्ग लिम्बु विरोध सभालाई सम्बोधन गर्दै”

राष्ट्रघाती एमसीसी सम्झौता संसदमा टेबल गर्नु आफैमा राम्रो नभएको वक्ताहरुको भनाई छ । उहाँहरुका अनुसार यो विरोध सभा राष्ट्रिय जनमुक्ति पार्टीको रिहर्सल हो, यदि एमसीसी संसदबाट पारित गरिएमा पार्टीले आगामी दिनमा अझ शसक्त र तीव्र रुपमा विरोध र भण्डाफोर गर्नेछ ।

सचिव एवं विद्यार्थी नेता पूर्ण ब.राना विरोध सभालाई सम्बोधन गर्दै

सो विरोध सभामा स्वतन्त्र प्राध्यापक तिलाराम पौडेलले पनि हातेमालो गर्नु भएको थियो । उहाँले एमसीसीको दस्तावेजमा भएका राष्ट्रघाती बुँदाहरुको प्राज्ञिक जानकारी गराउनु भएको थियो ।

“स्वतन्त्र प्राध्यापक तिलाराम पौडेल एमसीसी सम्झौताको राष्ट्रघाती बुँदाहरु सम्झाउँदै”

कार्यक्रम दिनको १ बजेबाट सञ्चालन गरिएको कार्यक्रममा पार्टीका अध्यक्ष खड्ग प्रसाद (केपी) पालुङवा साथै कार्यकारी अध्यक्ष केशव सूर्यवंशीको समेत प्रत्येक्ष निगरानी रहेको थियो । पार्टीका पदाधिकारीहरु, संघीय परिषद सदस्यहरु, प्रदेश–जिल्ला तहका नेता कार्यकर्ताहरु र युवाहरुको समेत सहभागिता रहेको थियो । विरोध कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो ।

एमसीसी सम्झौताको खारेजीका लागि विरोध कार्यक्रमका केही थप झलकहरु :-