प्रथम शहिदको शालिक हटाईएको वारे

0
4415

 

 

पोखरा महानगर पालिका (लखनचोक), मा अवस्थित नेपालका प्रथम शहिद लखन थापा मगरको शालिक स्थानीय प्रशासनले रातारात, अतिनिकृष्ट शैलीले हटाईएको घटनालाई राष्ट्रिय जनमुक्ति पार्टीले गम्भिर रुपमा लिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र भएको राज्य व्यवस्था भएको वर्तमान अवस्थामा समेत निरङकुश पंचायती शासनको कालो छायाको झल्को दिने गरि देशकै प्रथम शहिदको महाअपमान गर्नु अन्ततः अग्रगमन र लोकतान्त्रिक गणतन्त्र उपर नै प्रहार हो भन्ने हाम्रो बुझाई छ । राज्य/ प्रशासनले यसको लागि अविलम्ब माफी मागोस र प्रथम शहिद लखन थापाको शालिक ससम्मान यथास्थानमा तत्काल प्रतिस्थापन गरोस भनी राष्ट्रिय जनमुक्ति पार्टी जोडदार माग गर्दछ ।

 

 

………………………………
केशव सूर्यवंशी
महासचिव