संघीय परिषदको दोश्रो बैठक सम्पन्न

"एमसीसी खारेजीको लागि विरोध सभाहरु गरिने"

0
906

राष्ट्रिय जनमुक्ति पार्टी, संघीय परिषद एवं केन्द्रीय कार्य सम्पादन समितिको दोश्रो बैठक काठमाडौंमा सम्पन्न भएको छ । यही मिति २०७८ फागुन ४ गते देखि ६ गते सम्म बैठक बसेको हो । पार्टी अध्यक्ष खड्ग प्रसाद (केपी) पालुङ्वाको अध्यक्षतामा बसेको बैठकले देशको समसामयिक राजनीतिक विषयमा, पार्टीको साँगठनिक एवं प्राविधिक विषयमा घनीभूत रुपमा छलफल गरेको छ । यसका साथै बैठकले संघीय परिषदमा रिक्त पदहरु परिपूर्ति गर्दै जाने निर्णय अनुसार केही मनोनयन पनि गरेको छ ।
यही फागुन २० गते काठमाडौंमा समापन गर्ने गरी पार्टीले गत मंसिर २० गतेदेखि सञ्चालन गरेको “जनता जागौं अभियान”लाई चैत महिनाको २६ गते सम्म सञ्चालन गर्ने भएको छ । यस अभियानमा स्थानीय तह सम्म खट्ने सम्पूर्ण नेता एवं अभियान संयोजकहरुलाई समसामयिक निर्देशन पनि जारी गरी सकिएको छ ।

अमेरिकी सरकारद्वारा प्रस्ताव गरिएको एमसीसी परियोजना जबर्जस्त स्वीकार्न नेपाललाई दिईएको दवाबप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बैठकले ठहर गरेको छ । यसको खारेजीको लागि पार्टीले विरोधका कार्यक्रमहरु विभिन्न जिल्लाहरुमा गर्दै आएको भएता पनि यही फागुन १६ गते (28 Feb, 2022) सम्म पार्टीले एमसीसी विरुद्धमा स्थानीय तह सम्म नै विरोधका कार्यक्रमहरु निरन्तर गर्ने भएको छ । यसैबीच यही फागुन ८ गतेका दिन जिल्लाका सदरमुकामहरु, प्रदेशका सदरमुकामहरु र केन्द्रीय समितिले राजधानीमा एमसीसी विरुद्धमा विरोध कार्यक्रम अविलम्ब सम्पन्न गरिने भएको छ । एमसीसी विरुद्धको कार्यक्रमलाई पार्टीद्वारा सञ्चालित “जनता जागौं अभियान २०७८” अन्तर्गत नै सम्पन्न गर्दै जान मातहतका समितिमा पनि निर्देशन दिईसकिएको छ ।
सरकारद्वारा घोषित स्थानीय निर्वाचनमा पार्टीको प्रभावकारी स्थान हासिल गराउन अध्यक्ष खड्ग प्रसाद (केपी) पालुङ्वाको नेतृत्वमा “स्थानीय निर्वाचन तयारी एवं परिचालन समिति” गठन गरिएको छ । यसैबीच पार्टीको आन्तरिक व्यवस्थालाई चुस्तदुरुस्त बनाउन, जनता बीचमा पार्टी कार्यक्रमलाई बाक्लो गरी लैजान केन्द्रीय पदाधिकारीहरुका कार्य विभाजनलाई विशिष्टीकरण गरिएको छ । संघीय परिषद सदस्यहरुको हकमा पहिलो बैठकमा नै स्वेच्छिक जिम्मेवारी तोकी सकिएको छ । “जनता जागौं अभियान”का लागि पनि जिल्लाहरुमा कायक्रम सम्पन्न गर्नका लागि संघीय परिषदका पदाधिकारी एवं सदस्यहरुको जिम्मेवारी तोकिई सकेकोमा सोही जिम्मेवारीलाई नै निरन्तरता दिईएको छ ।


संघीय परिषद (केन्द्रीय समिति) मा रिक्त रहेको पदहरुमा यस बैठकले थप मनोनयन गर्ने क्रममा अधिवक्ता चेत बहादुर आलेलाई उपमहासचिवमा, पार्टीमा समाहित हुनु भएकाहरुबाट शिलाजित खपाङगी मगर (महोत्तरी/काठमाडौं), जीत मान राई (खोटाङ्ग) लाई र अन्य महानुभावहरुमा धनध्वोज लिम्बु (मोरङ्ग), अशोक पुन (रुपन्देही), श्याम परियार (नवलपरासी सुस्ता पश्चिम), लोक आङ्ला (धनकुटा), अजीत राना (गुल्मी), लक्ष्मण पुन (सल्यान) साथै प्रवासबाट थर्क राना (बेलायत), हिमाली राना (बेलायत), नन्दा चेम्जोङ्ग (बेलायत), एमबी थापा मगर (हङ्गकङ्ग), गणेशजङ्ग राना (हङ्गकङ्ग), माया घले (इजरायल), तारा राई (साईप्रस), रामकिरण तामाङ्ग (कतार), लाई संघीय परिषद सदस्यमा र संघीय परिषदको वैकल्पिक सदस्यमा तिलक ब. थापा (म्याग्दी), कुमार काउचा (बागलुङ्ग) लाई मनोनयन गरिएको छ ।
पार्टी उपाध्यक्ष रवीन्द्र उच्च नेपाली, संघीय परिषद सदस्य मीना पन्धाक, संघीय महासभा सदस्य भीम मादेन (ताप्लेजुङ्ग) अस्वस्थ हुनु भएकोमा पार्टीले शिघ्र स्वास्थ्य लाभको कमना गरेको छ ।
पार्टीका निवर्तमान सदस्य केश ब. थापा (रुपन्देहही), संघीय महासभा सदस्य बल ब.बलाल (रुपन्देही), संघीय महासभा सदस्य सुमिता आले (बाँके/काठमाडौं), पार्टी महासचिव राम परियारको भाई पूर्ण ब. परियार (रुपन्देही), संघीय परिषद सदस्य अनिता नगरकोटी (ललितपुर) को पिता राजन नगरकोटीको निधनप्रति पार्टीले गहिरो दुःख व्यक्त गरेको छ । यस दुःखद घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना सहित समस्त शोकाकूल परिवारजनमा पार्टीले हार्दिक समवेदना समेत प्रकट गरेको छ ।

संघीय परिषदको दोश्रो बैठक पछि केन्द्रीय पदाधिकारीहरुको बैठक फागुन ५ र ६ गते सम्म पार्टी कार्यालय नारायणगोपाल चोक, महाराजगञ्ज, चक्रपथ (काठमाडौं) मा सम्पन्न भएको थियो ।